प्रदेश

दाङमा मोटरसाइकल दुर्घटनाबाट एकजनाको मृत्यु, एक गम्भीर



दाङ, ०६ फागुन । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, भने एकजना गम्भीर घाइते भएका छन् । राति रा७प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा रूकुम पूर्व भूमे गाउँपालिका १ का २७ वर्षीय आदर्श पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।

उनका अनुसार शनिबार राति करिब १२ बजेतिर घोराही उपमहानगरपालिका १८ कालिका टोलमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। घाइते पुनलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको भए तापनि डाक्टरले चेकचाँज गर्ने क्रममा मृत घोषणा गरेकोप्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार अर्का गम्भीर घाइते सोही ठाउँकै ३५ वर्षीय रामकुमार पुन गम्भीर घाइते भएको र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि थप उपचारको लागि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित : ६ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६