प्रदेश

बर्दियाको मधुवनको एकै गाउँका ४० जना बिरामी, बान्ता आउने र पखाला लाग्ने समस्या



बर्दिया, ०७ फागुन । बर्दियाको मधुवन नगरपालिका–९ गर्भुटोल गाउँमा बान्ता आउने र पखाला लाग्ने समस्याका कारण ४० जना बिरामी परेका छन् । अवलोकन भ्रमणमा जाँदा उनीहरूले घरबाटै मासुलगायतका परिकार लगेका र भोलिपल्टदेखि बिरामी परेका वडा नम्बर ९ का अध्यक्ष हर्क बस्नेतले जानकारी दिनुभयो ।

हिजो दिउँसो मधुवन नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रबाट गाउँमै पुगेका स्वास्थ्यकर्मीले उपचार शुरु गरे पनि बान्ता आउने र पखला लाग्ने समस्या नरोकिएपछि एम्बुलेन्समा राति नै जिल्ला अस्पताल गुलरिया लगेको मधुवन नगरपालिकाकी उपमेयर अनिता चौधरीले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार बान्ता आउने र पखाला लाग्ने समस्या भएका बिरामीमध्ये अहिले ३६ जनाको उपचार भइरहेको छ । उनीहरूले बासी खाना खाएका कारण ‘फुड पोइजनिङ’ भएको हुन सक्ने प्रमुख गिरीले बताउनुभयो । उहाँका अनुसार अहिले ल्याबमा परीक्षण गर्ने तयारी भइरहेको छ । थारु सङ्ग्रहालयको अवलोकनका लागि गर्भुटोल गाउँका ४० जनाको समूह गएको शुक्रवार दाङ गएको थियो ।

प्रकाशित : ७ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६