प्रदेश

लुम्बिनीमा बिभिन्न देशका नौ जना नोबेल पुरस्कार विजेताहरू आउँदै




कपिलवस्तु, १३ फागुन । लुम्बिनीमा आयोजना हुन लागेको शिखर सम्मेलनमा सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीसहित विभिन्न राष्ट्रका नौ जना नोबेल शान्ति पुरस्कार विजेताहरू आउँदै हुनुहुन्छ ।

फागुनको अन्तिम साता नोवल पुरस्कार विजेताहरु तथा विश्वका ‘अब्बल’ साहित्यकारहरू शान्तिभूमि लुम्बिनीमा एक साथ जमघट हुने भएपछि लुम्बिनीमा छुट्टै खालको रौनकता शुरुभएको छ ।

लुम्बिनी प्रदेश सरकारले बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एण्ड, लिडर्स शिखर सम्मेलन गर्न लागेको हो ।

सम्मेलनमा साहित्यिक लेखन र अनुसन्धानमा निखारिएका विश्वका विभिन्न देशका नौ जना नोबेल पुरस्कार विजेताको सहभागिता हुने निश्चित भइसकेको छ । सम्मेलनमा विभिन्न देशका दुई सय भन्दा बढी विकास साझेदार लुम्बिनीमा सहभागी हुने निश्चित भइसकेको छ ।

बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचविखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्दै लुम्बिनीमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यसहित सम्मेलन गर्न लागिएको प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बताउनुभयो ।

लुम्बिनीमा साहित्य, शान्ति, भौतिक, रसायन, क्रियाविज्ञान तथा चिकित्सा र अर्थशास्त्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु भएका व्यक्तिहरू आउने तय भएको छ ।

सम्मेलनले लुम्बिनीको विकासमा विश्वको ध्यानसमेत केन्द्रित गर्ने विश्वास गरिएको लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो ।

विश्वभर लुम्बिनी क्षेत्रको महत्व दर्शाउने र पर्यटन प्रवर्द्धन एवं विकास साझेदार भित्र्याउने सम्मेलनले संसारले चिन्ने पवित्र भूमिलाई प्रचार र पहिचान गर्दै लुम्बिनीलाई विश्व समुदायमा ‘ब्रान्डिङ’ गर्न सहयोग गर्ने देखिन्छ ।

प्रकाशित : १३ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६