बुटवल, १४ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा महतोले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्दै आएका बुद्धछिरिङ मोक्तानसँग मिलेर राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका हुन् ।
अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भए आफ्नो पूर्व पार्टी लोसपा पनि यसमा आउनसक्ने बताए । लोपपामा असन्तुष्ट वरिष्ठ नेता महतो अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्टी जनाउंदै मंसिरको केन्द्रीय समिति समेत बहिस्कार गरेका थिए ।
प्रतिक्रिया