प्रदेश

जनताले बजार भन्दा आधा सस्तोमा काठ पाउछन्ः अध्यक्ष तिवारी




कपिलवस्तु फागुन १४ गते ।
कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितीका अध्यक्ष गंगेश नाथ तिवारीले वन व्यवस्थापन सँगै स्थानीय जनतालाई सहुलियत दरमा काठ उपलव्ध गराउने बताउनु भएको छ । साझेदारी वनका संस्थापक अध्यक्ष समेत रहेका तिवारीले अघिल्लो कार्यकालमा गरेका उत्कृष्ट कामलाई निरन्तरता दिँदै आउने वर्षमा जनतालाई प्रत्यक्ष फाइदा हुने खालका कार्यक्रम लागु गर्ने बताउनु भयो ।


‘बजारमा ५ देखी ६ हजार प्रति क्युविक फिटमा ए ग्रेडको सालको चिरान पाईन्छ । हामीले आधा भन्दा कम मूल्य पर्ने गरी वितरण गर्ने योजना रहेको छ । त्यसका लागि चिरान मिल स्थापना भएको छ । विद्युतको समस्याले काम गर्न ढिलाई भएको छ ।’ तिवारीले बताउनु भयो ।


उहाँले पछिल्लो कार्यकालको समिक्षा गर्दै पुन अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । पछिल्लो कार्यकालमा १६५ हेक्टर क्षेत्रफलमा अतिक्रमण हटाएको २ सय हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरेको , प्रत्येक वर्ष १ लाख विरुवा नर्सरीमा उत्पादन गरेको, वनको हैसियतमा बृद्धी भई पाटे बाघ, चितुवा जस्ता जनावर समेत वनमा देखिएको बताउनु भयो । उहाँले साझेदारी वनको शिवराज नगरपालिका ३ छाला फ्याक्टरीमा प्रशासकीय भवन समेत निर्माण सम्पन्न भएका बताउनु भयो । साझेदारी वनले विद्यालयमा डस्टविच, समुदायमा प्रतिक्षालय, सिँचाई योजना निर्माणमा समेत सहयोग पुराएको छ ।


सत्र हजार बढी उपभोक्ता रहेको वन २०६६ सालमा स्थापना भएको थियो । २०७० सालमा कार्ययोजना स्विकृत भई काम सुरु भएको थियो । कपिलवस्तु र अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं. ११ गरी ५ स्थानीय तहका २२ वडा समेटिएका छन् । वन क्षेत्र ५ हजार ८७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । अतिक्रमण हटाउन उत्कृष्टकाम गरेको भन्दै नेपाल सरकारबाट सम्मानित समेत भएको थियो ।

प्रकाशित : १४ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६