दाङ १८ फागुन । नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री चेतनारायण आचार्यले पार्टीलाई चौतर्फी घेराबन्दी गरी आक्रमण भईरहेकोले सबै नेता, कार्यकर्ताहरू बैचारिक संघर्षमा उत्रिने बेला आएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले राप्ती गाउँपालिका कमिटीले आज शुक्रबार देखि दाङ(देउखुरीको राप्ती गाउँपालिका(८, पिपरीमा शुरू गरेको दुई पार्टी प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उनले यस्तो बताए ।
पार्टीको दाङ जिल्ला इन्चार्ज समेत रहनु भएका केन्द्रिय सदस्य आचार्यले अहिले पनि मुलुकमा एमालले लिएको नीति, सिद्धान्त र बिचार अब्दल साबित हुँदै गइरहेको ठोकुवा गरे । कार्यक्रमको प्रमुख अतिथि समेत रहे भएका केन्द्रीय सदस्य आचार्यले अरू दलले लिएको बिचारहरू स्खललित भई रहेको बताए । उनले अब एमालेलाई बलियो बनाउन बै मुडे बलले मात्र नभई बैचारिक बिचार संग चिर्न तर्फ लाग्न आग्रह गरे । उनले मुलुकको समृद्धि तथा विकासका लागि एमाले बाहेक बिकल्प नरहेको जिकिर गरे ।यस्तै कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य साजिदा सिद्धिकीले एमालेले देश बनाउने जिम्मेवारी गठबन्धन सरकारलाई दिएपनि देश तहसनहस बनाएको बताइन् । राप्ती तथा गढवा गाउँपालिकाको इन्चार्ज समेत रहनु भएकी केन्द्रीय सदस्य सिद्धिकीले नागरिकहरू यति बेला हरेक क्षेत्रमा सुरक्षित नभएकोले अब एमालेलाई बलियो तथा बहुमतको सरकार बनाएर लैजाउनु पर्ने बताइन् । साथै उनले एमाले प्रतिपक्षमा रहेपनि देश र जनताको पक्षमा निरन्तर जनमैत्री काम गर्दै आईरहेको बताए ।
पार्टीका राप्ती गाउँ कमिटी अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सचिव लक्षण आचार्यले एमाले प्रतिपक्षमा भए पनि सत्तापक्ष जस्तै काम गर्नु परेको बताए । उनले यो सरकारको अस्तव्यस्तलाई सहि दिशामा ल्याउन पनि एमालेको भुमिका महत्त्वपूर्ण रहेको बताए । प्रदेश कमिटी सदस्य आचार्यले एमाले विना देश विकास सम्भव नभएकोले पनि सत्तापक्ष जस्तै काम गर्ने बेला आएको बताए । उनले अन्य पार्टी भन्दा एमाले सवै भन्दा बढी शक्तिशाली पार्टी एमाले भएकोले अवको नेतृत्व एमालेले लिनुपर्ने बताए ।
पार्टीका राप्ती गाउँ कमिटी उप(सचिव रामबहादुर सुनारको स्वागत मन्तब्यबाट शुरू भएको प्रशिक्षण कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य कुलबहादुर केसी लगायतका बक्ताले मन्तव्य व्यक्त गरे । प्रशिक्षण उद्घाटन कार्यक्रमको सञ्चालन पार्टीका राप्ती गाउँ कमिटी सचिव भरतमणि न्यौपानेले गरेका थिए ।
दुई दिन सम्म चल्ने प्रशिक्षण कार्यक्रमको पहिलो दिन पार्टीका केन्द्रीय स्थानीय बिभाग सदस्य बिकिरण गौतम, पार्टीका केन्द्रीय सदस्य साजिदा सिद्धिकी, पार्टीका दाङ जिल्ला सचिव मनोहर बुढाथोकी र पार्टीका दाङ जिल्ला स्कुल विभाग प्रमुख बिबेक श्रेष्ठले समसामयिक राजनितिक घटनाक्रम, पार्टीको बिगत देखि अहिले सम्मको अवस्था, अगामी रणनिति तथा कार्यनीति र सांगठनिक पद्धती लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया