ब्रेकिंग न्युज

पाल्पामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते



तानसेन, २३ फागुन । पाल्पामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तानसेन–तम्घास सडकखण्डको रिव्दीकोट–२, जोर्तेमा बुधबार दिउँसो लु २ ख ५६२५ नम्बरको ट्रक (ट्रेलर) दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते हुनेमा दाङ जिल्ला राप्ती गाउँपालिका–३ बस्ने वीरेन्द्र घर्तीमगर र सोही स्थानका झविन्द्र पाण्डे घाइते हुनुभएको छ । दुबै जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये सहचालकको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उक्त ट्रक सिमेन्टका बोरा बोकेर अर्गलीतर्फ गइरहेको बेलामा अनियन्त्रित भई दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६