प्रदेश

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन तीन दिन मात्रै चलेर अन्त्य, एमालेको आपत्ति




कपिलवस्तु, ०१ चैत्र ।

तीन दिनमात्रै चलेको लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको पत्र विहिबार प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयलाई पठाएको हो । मुख्यमन्त्री डिल्ली चौधरीले फेस गर्न नसक्ने भएपछि सदन छल्न अधिवेशन नै अन्त्य गरेको एमालेले आरोप लगाएको छ ।

चैत ४ गते बोलाइएको तेस्रो अधिवेशनको चौथो बैठक अन्तिम समयमा स्थगित गरिएको हो । फागुन २३ गते यसअघिको सत्ता साझेदार नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री चौधरी अहिले अल्पमतमा छन् । सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डेले सदन स्थगित गरेर प्रदेश प्रमुखकोमा पठाएको स्वीकार गरे ।

‘तत्काल सदनमा कुनै विषय भएनन् र बिजनेस नभएकोले स्थगित गरिएको हो, बदलिँदो समीकरणले विश्वासको मत नि लिनुपर्ने हुनसक्छ त्यो समयमा पुनः आव्हान हुन्छ’, उनले भने । प्रदेश सभा सचिव दुर्लभ पुनले सदन स्थगित भएको कुरा बाहिर सुनिए पनि औपचारिक जानकारी नआएको बताए ।

नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीले प्रदेश सभालाई छल्नका लागि सभालाई हठात् स्थगित गरेको बताए । प्रदेश प्रमुखको कार्यालयमा फागुन ३० को मिति राखेर चैत १ मा सरकारले पठाएको पत्र फिर्ता पठाइएको छ । ‘पुरानो मितिको पत्र बुझ्ने कुरा भएन, सदन स्थगित भएको पत्र हिजोको मितिमा आएको थियो तर हामीले नबुझेको हो प्रदेश प्रमुख सचिवालयले भन्यो । प्रदेश प्रमुखको कार्यालयले पूरानो मितिको पत्र नबुझेपछि पुनः आजकै मिति राखेर पत्र पठाइएको ।

सरकारको उक्त निर्णयसँगै विहिबार दिउँसो नै नेकपा एमाले संसदीय दलका नेता लिला गिरीसहितका नेताहरुले प्रदेश प्रमुख शेरचनलाई भेटेर छलफल गरेका छन् ।

प्रकाशित : १ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६