ब्रेकिंग न्युज

टिपरको ठक्करबाट दाङमा साइकल यात्रीको मृत्यु



दाङ, ३ चैत्र । दाङमा टिप्परको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ भैसाहीका ४५ वर्षीय कालीप्रसाद चौधरी रहेका छन् ।

लमही-घोराही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका १७ सिस्ने खोला नजिकै नम्बर नखुलेको टिप्परले शुक्रबार सवा ८ बजे राति ठक्कर दिंदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले बताए ।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको घोराहीस्थीत राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : ३ चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६