प्रदेश

बाणगङ्गाको १४ औं कार्यापालिका बैठकका महत्वपूर्ण निर्णयहरू



बाणगङ्गा, ०७ चैत्र ।

बाणगङ्गा नगरपालिकाको १४ औं कार्यापालिका बैठक विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ । बैठक मंगलबार नगरपालिकाको आफ्नै सभाहलमा सम्पन्न भएको हो ।

बैठकले नगरपालिकालाई पूर्णसंस्थागत प्रसूति पालिका घोषणा गर्ने निर्णय गरेको छ । यही चैत्र ८ गते पालिकालाई पूर्णसंस्थागत प्रसूति पालिका घोषणा गर्ने तय भएको नगरप्रमुख चक्रपाणी अर्यालले जानकारी दिए ।

बाणगङ्गा नगरपालिका कपिलवस्तु जिल्लाकै पहिलो पूर्णसंस्थागत प्रसूति पालिका घोषणा हुन लागेको हो । पालिकामा घरमा प्रसुती गराउने संख्या शुन्य सहित पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह घोषणा प्रकृया २०८० अनुसार सबै मापदण्ड पुरा गरेकोले बाणगङ्गालाई पूर्ण संस्थागत पालिका घोषणा गर्न लागिएको उनले बताए ।

बैठकले नगरपालिकाको दोस्रो चौमासिक समीक्षा यही चैत्र २० गतेभित्र गर्ने निर्णय गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए । एकीकृत घुम्ती शिविर यस अघि बाणगङ्गा नगरपालिका वडा नं। १० मा भएकोमा अब बाणगङ्गा नगरपालिका ९ भलवाडमा यही चैत्र २५ गते भित्र गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बैठकले बाणगङ्गा नगरपालिकाले आयोजना गर्ने दोस्रो सार्वजनिक सुनवाई कार्यक्रम बाणगङ्गा नगरपालिका वडा नं.२ पिपरामा सञ्चालन गर्ने निर्णय गरेको बताए ।

त्यस्तै बैठकले बाणगङ्गा नगरपालिकाको बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको संयोजकमा बालाराम ज्ञवालीलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । नगर प्रमुख चक्रपाणी अर्यालले प्रतिष्ठानलाई प्रभावकारी र दीर्घकालीन बनाउन उपयुक्त योजना निर्माण गर्न निर्देशन दिए ।

बैठकले प्रदेश समपूरक योजना छनोट गर्ने निर्णय समेत गरेको नगर उपप्रमुख रिता कुमारी चौधरीले जानकारी दिइन् । उनले आर्थिक वर्ष २०८१/०८२ का योजना निर्माणका लागी चैत्र मसान्तभित्रै आवश्यक छलफल गरि योजना छनोट गरेर अघि बढाउने तयारी भइरहेको बताइन् ।

प्रकाशित : ७ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६