देश

पत्रकार महासंघको महाधिवेशन २१ वैशाख लुम्बिनीमा



कपिलवस्तु, ०७ चैत्र ।

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ । महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

उनका अनुसार महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु आजैदेखि चैत मसान्तसम्म सम्पन्न गरिसक्ने र प्रदेश अधिवेशनहरु वैशाख १ गतेदेखि १२ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ । केन्द्रीय महाधिवेशनले महासंघको नयाँ नेतृत्व समेत चुन्‍नेछ ।

प्रकाशित : ७ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६