प्रदेश

रुपन्देहीमा विभिन्न मुद्दामा फरारहरु धमाधम पक्राउ



बुटवल, ०७ चैत्र । रुपन्देहीमा विभिन्न मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले कैद तथा जरिवाना तोकिएर हालसम्म फरार रहेका ६ जना कसुरदारलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल, प्रहरी चौकी मैनिहवा र प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।

रुपन्देही प्रहरीका अनुसार २०६८ चैत २५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १० दिन कैद र रु. २ सय जरिवाना भएका रुपन्देहीको बुटवल उप–महानगरपालिका–४ बस्ने राम प्रसाद नेपाली पक्राउ परेका छन् ।

त्यस्तै २०७१ सालको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष ५ महिना ७ दिन कैद फैसला भएका बुटवल उप–महानगरपालिका–७ बस्ने विष्णु गुरुङ, २०७८ असोज १८ गतेको फैसलाले अपहरण–बन्धक मुद्दामा रु। २ हजार जरिवाना भएका रोहिणी गाउँपालिका–२ बस्ने अफाक खान र २०७४ पुस १९ गतेको फैसलाले सवारी ज्यान मुद्दामा रु।२ हजार जरिवाना भएका रोहिणी–२ बस्ने आजाद खाँलाई प्रहरीले पक्राउ गरेको छ । २०७५ असार १ को फैसलाले जबरजस्ती करणी मुद्दामा १ वर्ष कैद र रु। १० हजार जरिवाना भएका रुपन्देही सिद्धार्थनगर नगरपालिका–११ बस्ने राम मिलन यादव र २०७८ असार १ को फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा रु।२५ हजार ५ सय जरिवाना भएका जिल्ला सिद्धार्थनगर–११ बस्ने वीरेन्द्र यादव रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रकाशित : ७ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६