प्रदेश

लुम्बिनीमा शुरु भयो शान्ति महोत्सव



लुम्बिनी, २३ चैत्र ।
भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव शुरु भएको छ,जसमा मुख्यगरी अन्तर्राष्ट्रिय शान्ति म्याराथुन,अन्तर्राष्ट्रिय ध्यान दिवस र शान्ति कन्सर्टजस्ता कार्यक्रम समावेश गरिएको छ ।

सो कार्यक्रमअन्तर्गत आज बिहान ध्यान शिविरको आयोजना गरिएको छ । कार्यक्रमको निम्ति चीनदेखि कलाकार,खेलाडी,बुध्द धर्मका अनुयायी र शान्तिका उपासकहरु लुम्बिनीमा ओइरिएका छन् । कार्यक्रममा सामेल हुन हिजै साँझ परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको टोली लुम्बिनी पुगेको र आज उद्घाटनलाई सम्बोधन गरिसकेको स्थिति छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्य, लुम्बिनी विश्वविद्यालयका रजिस्ट्रार तिलक आचार्य, पर्यटन बोर्डका प्रतिनिधिसहितलाई दायाँबायाँ राखेर राजदूत छन सोङ्गले बिश्व शान्ति र दुई देशको सम्बन्धका बहुआयामिक पक्षवारे भर्खरै मन्तव्य दिएको प्राप्त समाचारमा जनाइएको छ ।

नेपाल पर्यटन बोर्ड,काठमाडौंस्थित चिनियाँ दूतावास,लुम्बिनी विकास कोष,नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त तत्वावधानमा आज र भोलि हुने कार्यक्रमका सहआयोजकहरुमा नेपाल ओभरसिज चाइनिज एशोसिभोलि लुम्बिनीको चोङ हुवा गुम्बा र लुम्बिनी होटल एशोसिएसन छन् ।

प्रकाशित : २३ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६