देश

प्रधानमन्त्री प्रचण्ड गृहमन्त्रीसहित लुम्बिनी आउँदै



बुटवल, २४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज रुपन्देही आउँदै छन् । एक सातादेखि लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा आयोजना गरिएको विराट चक्र विज्ञानको समापन तथा लुम्बिनी आध्यात्मिक जानगरणको उद्घाटन कार्यक्रममा प्रचण्ड रुपन्देही आउन लागेका हुन् । प्रधानमन्त्रीसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि लुम्बिनी आउन लागेका छन् ।

जीवन विज्ञान परिषद प्रशिक्षक शिक्षा विकास केन्द्र लुम्बिनीले आयोजना गरेको साधनामा ५३ सय सहभागी तथा करिब एक हजार आयोजक स्वयंसेवकले एकैपटक यो कार्यक्रममा सहभागिता जनाएका थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रधानमन्त्री प्रचण्ड दिउँसो हेलिकप्टरबाट लुम्बिनी आउने र सोही कार्यक्रम सकेर काठमाण्डौ फर्कने कार्यक्रम रहेको जानकारी दिए । शुक्रबार उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी यहाँ आएका थिए ।

प्रकाशित : २४ चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६