प्रदेश

बाणगङ्गाका सामुदायिक विद्यालयले दुई किसिमको शिक्षा दिनु गलतः अध्यक्ष पाण्डे



कपिलवस्तु, ३० चैत्र। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ( प्याब्सन ) कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले सरकारी विद्यालयले दुई किसिमका शिक्षा प्रदान गर्नु गलत भएको बताएका छन् । उनले  बाणगङ्गा ८ स्थित युनाइटेड स्टुडेन्ट एकेडेमी ( माध्यमिक विद्यालय ) को १४ औँ नतिजा प्रकाशन तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 
अध्यक्ष पाण्डेले अंग्रेजी शिक्षा दिने निहुँमा बाणगङ्गा नगरपालिकाभित्रका सामुदायिक विद्यालयले एउटै भवनमा दुई किसिमको शिक्षा विभेदकारी ढंगले दिइरहेको बताएका छन् । 

उनले भने ‘एउटै भवनभित्र पैसा तिर्ने अभिभावकलाई राम्रो कोठामा राख्ने, बस चलाउने र श्रमजीवी र निमुखा बर्गका विद्यार्थीहरू हिड्दै आउनु पर्ने, कक्षा कोठा पनि फरक बनाएर पढाउनु पर्ने ? शिक्षमा यस्तो विभेदकारीता ?’ उनको प्रश्न छ ‘राज्यले यो विभेदकारी नीति बनाउन पाइन्छ ?’ ‘अब यदि कुनै सरकारी विद्यालयले अभिभावकबाट सहयोगको नाममा फि लिन्छ भने मुद्धा हाल्नु पर्ने बताए । अब पालिकालाई खबरदारी गछौँ हामीले । हामीले राम्रो बनाएका विद्यार्थीलाई जबर्जस्ती लोभ देखाएर किन लैजानुहुन्छ ?, सरकारी विद्यालयका प्रअमाथि पाण्डेको चेतावनी छ ।’

पढाइरहेको स्कुलबाट नचाहँदा नचाहँदै अभिभावकले आफ्ना बच्चा अर्को सामुदायिक विद्यालयमा लैजानुपर्ने बाध्यता सिर्जना यस्तै स्कुलले गरेको उनको आरोप छ ।

उनले थपे, ‘हो अहिले यही भएको छ, अहिले शिक्षा मन्त्रालयले के भन्यो भने कुनै सामुदायिक विद्यालयले फि लियो भने कारबाही गर्छु भनेको छ, यसलाई हामी स्वागत गर्न चाहान्छौँ । तर कतिपय नीतिहरू विभेदकारी र निजी विद्यालयका संचालकमाथि ढाड सेक्नेगरी आएका छन्, आवश्यक नियम मान्ने र अनावश्यक नियमहरू मान्दैनौँ ।’

सर्वोच्च अदालतले उच्च शिक्षामा रहेको ४५ प्रतिशत छात्रवृत्ति खारेज गर्ने सर्वोच्च अदालतको निर्णयको आफूहरूले स्वागत गर्ने उनले बताए ।
निजी र सरकारी विद्यालयमाथि राज्यले विभेदकारी नीति बनाएको भन्दै ८ बर्ष अघिको प्याब्सनले यस विषयमा मुद्दा हालेको थियो ।

सरकारी विद्यालयमा शिक्षा मन्त्रालय, बिभिन्न सरकार ( प्रदेश, वडा, पालिका ) ले लगानी गरेका र निजीमा अभिभावककै लगानी रहेको स्मरण गर्दै सरकारी सरह निजी विद्यालय हुन नसक्ने उनको भनाई छ । आफूहरूले कर तिरेर राज्यलाई ठुलो लगानी गरेको भन्दै भ्रममा नपर्न उनको अभिभावकलाई आग्रह गरे ।


अध्यक्ष पाण्डेले शुल्क लिने केहि सरकारी विद्यालयको नाम नै किटे । उनले भने ‘भन्दा हामीलाई कुनै लाज लाग्दैन । लौगाइको यो बाणगङ्गा विद्यालय र जनताले अभिभावकबाट फि लिन पाइदैन भन्दाभन्दै फि लिइरहेका छन् । र २ किसिमको शिक्षा दिइरहेका छन् । 

प्रकाशित : ३० चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६