अर्थ-वाणिज्य

बजेट बनाउन केन्द्रीय सरकारको साथ खोज्न लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीको डेलिगेसन



भालुवाङ ७ बैशाख । लुम्बिनी प्रदेशमा बनेको नयाँ सरकारले आगामी आर्थिक बर्षको बजेट बनाउन केन्द्रीय सरकारको साथ खोज्न डेलिगेसन जाने भएको छ । बिहिबार बसेको लुम्बिनी प्रदेश मन्त्रीपरिषद्को बैठकले आगामी बर्षको बजेटका लागि लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीदेखि वर्तमान मुख्यमन्त्री सम्म तथा अर्थमन्त्री र अन्य मन्त्रीहरु सहितको टोली संघीय सरकारका प्रधानमन्त्री र अर्थमन्त्री सँग भेटघाट गर्ने र बजेट माग गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले मुख्यमन्त्री काठमाडौँबाट नफर्किन्जेल सम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी स्वास्थ्य मन्त्री दिपेन्द्र पुनलाई दिने र विशेष परिस्थिति बाहेक हरेक हप्ताको आइतबार नियमित मन्त्रीपरिषदको बैठक बस्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले जानकारी दिए । बैठक मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको थियो ।

प्रकाशित : ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६