खोज–अनुसन्धान

कपिलवस्तुमा भारतीय नागरिकको अपहरणपछि हत्या गर्ने तीनजना पक्राउ




कपिलवस्तु ७ बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा भारतीय नागरिकको अपहरणपछि हत्या भएको छ । भारतको सिद्धार्थनगर जिल्ला बर्डपुरस्थित पोखरभिटवाका ४१ वर्षीय जमाल अहमदको अपहरण पछि हत्या भएको कपिलवस्तु प्रहरी प्रवक्ता हरिबहादुर वलीले जानकारी दिए ।युपी ५५ एएच २०५७ नम्बरको मोटरसाइकल चढेर बिहीबार दिउँसो ४ बजेतिर नेपाल आइरहेका बेला बिजुवा पुलमा रोकेर जमाललाई ट्याम्पुमा राखेर अपहरण गरिएको थियो ।

उनलाई अभिराभ गाउँ नजिक रहेको इसलाहुल मुस्लिम मदरसाको कोठामा बाँधेर कुटपिट गरी हत्या गरिएको वलीले बताए । घटनामा संलग्न मुख्य अभियुक्तसहित ३ जना नेपालीलाई पक्राउ परेका छन् । हत्या गरिएको शव बिहीबार राति १२ बजे फेला परेको र उनको पोष्टमार्टमपछि परिवारलाई बुझाइएको छ । सीमा क्षेत्रमा रहेका यो परिवारमा आर्थिक विवादका कारण घटना भएको प्रहरीले आंकलन गरेको छ ।

प्रकाशित : ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६