खोज–अनुसन्धान

भूमी ब्यवस्था मन्त्री अधिकारी र लुम्विनीका नव नियुक्त मन्त्री बीच भेटवार्ता




कपिलवस्तु ८ बैशाख । लुम्बिनी प्रदेशमा नेकपा एमालेका तर्फवाट नव नियुक्त मनत्रीहरुले संघिय सरकारका भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसंग भेटवार्ता गरेकाछन् । एमालेको गोदावरीमा हुने महाधिबेशन प्रतिनिधी परिषद बैकठमा सहभागि हुन एकै साथ काठमाडौ आएका चार मन्त्रीले मन्त्री निवास हरिहर भवनमा भेटघाट गरेका हुन् ।

सो अवसरमा भूमी ब्यवस्था मन्त्री अधिकारीले सबै मन्त्रीलाई हार्दिक वधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिनु भयो ।उहाले संघिय सरकारले वनाउने वजेटमा प्रदेशकालागि राखिनु पर्ने नयाँ र श्रृजनात्मक कार्यक्रम सहितका योजना छिटटै सरोकारवाला संघिय मन्त्रालयमा पेश गर्न समेत आग्रह गर्नु भयो । प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीका सांसद एवम नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्य ,गृह मन्त्रीको जिम्मेवारी पाएका गुल्मी निर्वाचन क्षेत्र २ (२) वाट निर्वाचित सांसद समेत रहेका मन्त्री दिनेश पन्थी, रुपन्देही निर्वाचन क्षेत्र ५ (१)वाट निर्वाचित सांसद एवम शहरी विकास तथा खानेपानी मन्त्री भूमीश्वर ढकाल बाँके निर्वाचन क्षेत्र ३ .१ वाट निर्वाचित सांसद रत्नबहादुर खत्री लगायतका मन्त्रीहरु सहभागि हुनु हुन्थ्यो ।

सो अवसरमा लुम्विनी प्रदेशका विशेषधिकार समितीका सभापति गिरधारी लाल न्यौपाने समेत सहभागि हुनु हुन्थ्यो । सो अवसरमा लुम्विनी प्रदेशका पूर्ब मन्त्री हरि रिजाल एमाले कपिलवस्तुका जिल्ला नेता विश्व कार्की भेषराज पाण्डे समेत सहभागि रहनु भएको थियो ।

प्रकाशित : ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६