खोज–अनुसन्धान

अर्थतन्त्रकालागी घट्दो जनसंख्या समस्या बन्नसक्छ : पूर्वअर्थमन्त्री पाण्डे



काठमाडौं ९ बैशाख । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिले नेपालको अर्थतन्त्र लयमा नभएको बताएका छन् ।नेकपा एमाले धादिङ(काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै पाण्डेले अर्थतन्त्रलाई सकारात्मक गति दिन विभिन्न चुनौती देखिएको बताए ।देशको वर्तमान अवस्थामा अर्थतन्त्रको लक्षण राम्रो नदेखिएको बताउँदै उनले अहिले बजार अर्थतन्त्रको रुपमा रहेको जनसंख्या वृद्धिदर घट्नु र युवा जनशक्ति पलायन हुनुले अर्थतन्त्रमा ठूलो असर पार्ने औंल्याए ।

‘जनसंख्या कम भएपछि बजारको आकार स्वाभाविक रुपले खुम्चन्छ’, उपाध्यक्ष पाण्डेले भने, ‘वस्तु तथा सेवाको लागि बजार अनिवार्य छ र बजारका लागि जनसंख्याले अर्थ राख्छ । बजार कम भएसँगै अर्थतन्त्रमा पनि संकुचन आउँछ ।’

उनले प्रविधिको विकाससँगै उपलब्ध रोजगारीमा कटौती भएकाले श्रम बजारमा पनि जनशक्तिको ठाउँ मेसिन तथा प्रविधिले लिँदै गएको बताए ।प्रविधिको विकाससँगै त्यसको ज्ञान र पहुँच बढाउन नसकिए अर्थतन्त्रमा त्यसबाट हुनसक्ने योगदानबाट वञ्चित हुने अवस्था रहेको पाण्डेको भनाइ छ ।

प्रकाशित : ९ बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६