अर्थ-वाणिज्य

‘नमेटिने घाउ’ मा प्रधानमन्त्रीको भूमिकामा ओलीको अभिनय




काठमाडौं १२ बैशाख। सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् ।मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले चलचित्रको सुटिङमा प्रधानमन्त्रीको भूमिकाको सट दिएका हुन् । फिल्ममा अध्यक्ष ओलीको भूमिका प्रधानमन्त्रीको छ । चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । फिल्म अभिनेता रमित ढुङ्गाना छन् । पहिलो सटमा ओलीले आफ्नो कार्यकक्षबाट हिँडेर मिटिङ हलमा प्रवेश गरेको दृष्य खिचियो ।
यो दृष्य दुई टेकमा ओके भएको थियो । मिटिङ हलमा प्रधानमन्त्रीलाई भेट्न एसिडपीडितहरू पर्खिरहेका थिए । उनीहरूसँग ओलीले गरेको संवादको सुटिङ गरिएको छ ।यो चलचित्रमा ओलीसँगै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका छन् । नेपालको सुटिङ केही दिनअघि भएको थियो । छायांकनका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै फिल्म निर्देशक रमित ढुंगानाले चलचित्रमा ६५ जना कलाकार रहेको बताए । उनले मंगलबार अध्यक्ष ओलीले अभिनय गरेसँगै ५१औं दिनमा चलचित्रको छायांकन समेत सकिएको बताए । सामाजिक कथावस्तुमा आधारित फिल्मको पोखरा, नवलपरासी, वीरगञ्ज, रौतहट, बनेपा, पनौती र भक्तपुरमा छायांकन भएको छ ।

प्रकाशित : १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६