अर्थ-वाणिज्य

डेढ क्वीण्टलबढी अबैध कुखुरा नष्ट : रियो जुसमा किरै किरा




कपिलवस्तु १३ बैशाख । सशस्त्र प्रहरी बल नेपाल (बिओेपी) विजयनगरले १ क्विन्टल ६० किलो अवैध ब्रोइलर कुखुरा नष्ट गरेको छ । विजयनगर गाउँपालिकाको ठाकुरापुर–परसुरामपुर नेपाल–भारत सिमा नाकाबाट बरामद गरिएको अवैध ब्रोइलर कुखुरा नष्ट गरिएको सशस्त्र प्रहरी विजयनगरले जनाएको छ ।तस्करले चोरी पैठारी गरि भारतबाट नेपालतर्फ ओसारपसार गरि ल्याएको अवैध ब्रोइलर कुुखुरा बरामद गरि नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीले जानकारी दिए । बरामद गरिएको कुखुराको मुल्य ४० हजार रुपैयाँ बराबरको रहेको उनले बताए ।

प्रहरीका अनुसार सशस्त्र प्रहरी निरीक्षक सन्तोष डौगीको कमाण्डमा ७ जना र प्रहरी चौकी ठाकुरापुरका प्रहरी सहायक निरीक्षक सुन्दर चौधरीको कमाण्डमा खटिएको २ जनाको संयुक्त गस्ती टोलीले उक्त अवैध चोरी निकासीको कुखुरा बरामद गरेको हो ।बरामद गरिएको कुखुरालाई पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा ८ र ९ अनुसार नष्ट गरिएको छ ।पशु क्वारेन्टाइन कृष्णनगरका प्रतिनिधि डा. दयाराम चौधरी, प्रहरी, स्थानीय र सञ्चारकर्मीको रोहवरमा कुखुरालाई नष्ट गरिएको सशस्त्र प्रहरी विजयनगरले जनाएको छ ।

मुलुककै चर्चित कम्पनी चौधरी ग्रुपको ठगीधन्दा र बदमासीको अर्को घटना सार्वजनिक भएको छ । कहिले सरकारी जग्गा नै निल्न खोज्ने, कहिले बिभिन्न उत्पादनमाथि बदमासी र ठगिको आरोप खेप्दै आइरहेको मूलककै ठुलो कम्पनी चौधरी ग्रुपले बालबालिकालाई केन्द्रमा राखेर बनाएको पेय पदार्थ ( रियो जुस ) मा पनि बदमासी र खेलवाड गरेको पाइएको हो । बदमासीको हद कतिसम्म छ भने रियो जुसको बट्टाभित्र पिउने जुस होइन किरैकीरा भेटिएका छन् । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ बोडगाउँस्थित भुपु सैनिक माध्यमिक विद्यालयको क्यान्टिनबाट एक विद्यार्थीले बुधबार दिउसो रियो जुसको बट्टा किने । उक्त बट्टा किनेर विद्यार्थीले पिउन खोज्दा मुखमा फोहर परेजस्तो भयो । असजिलो भएपछि मुखमा परेको जुस थुकेर हेरियो । त्यहाँ केही कीरा भेटिए थप समाचार समाचार अबको क्रममा

प्रकाशित : १३ बैशाख २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६