काठमाडौं १४ बैशाख । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सरकारले भूमीमाथिको दोहोरो स्वामित्व अन्त्य गर्न छिट्टै गुठी बिधेयक ल्याउने गरी कार्यदल गठन गरेको स्पष्ट पारेका छन् ।गुठी बिधेयक मस्यौदा गर्न कार्यदल गठन गरेको भोलीपल्ट मन्त्री अधिकारीले कार्यदलका सदस्य र सरोकारवालाहरुबीचको अन्तरक्रिया कार्यक्रममा उक्त विधेयक ल्याउन लागिएको खुलासा गरेका हुन् । पूराना कानुनमा भएका राम्रा कुरा अंगिकार गदैं परिवर्तित समय र सबै समुदायको अपनत्व रहने गरी गुठी विधेयक फेरि ल्याउनका लागि मन्त्रालयले छलफल सुरु गरेको अधिकारीको तर्क छ । गुठी जग्गा जमिनको बिषय मात्र नभएर काठमाडौं उपत्यकाको हकमा नेवा समुदाय र अन्य देशभर आ-आफनो परम्परा र संस्कृतिसँग गुठी जोडिएकाले यसको स्थायी समाधान खोजिरहेको उनले दावी गरे ।
मन्त्री अधिकारीले तत्कालका समस्या र दिर्घकालमा आइपर्ने समस्या समाधानका लागि सबै सरोकारवालासँग छलफल गरेर मस्यौदा लिएर आउन मन्त्री अधिकारीले निर्देशन दिए । गुठी जग्गा जमिनको विषय मात्र नभएर काठमाडौं उपत्यकाको हकमा नेवा समुदाय र अन्य देशभर आ–आफनो परम्परा र संस्कृतिसँग गुठी जोडिएकाले यसको स्थायी समाधान खोजिरहेको मन्त्री अधिकारीको भनाइ छ । तत्कालका समस्या र दीर्घकालमा आइपर्ने समस्या समाधानका लागि सबै सरोकारवालासँग छलफल गरेर मस्यौदा लिएर आउन मन्त्री अधिकारीले निर्देशन दिए ।कार्यक्रममा मन्त्रालयका सचिव गोकर्णमणि दवाडीले एकीकृत गुठी विधेयकले सबैको भावना समेट्ने विश्वास व्यक्त गरे ।
कार्यदलले सम्बन्धित सरोकारवालासँग छलफल गरेर लिखित, मौखिक र स्थलगत अध्ययन गरेर मस्यौदा ल्याउने उनको भनाइ छ ।कार्यक्रममा गुठी संस्थानका गुठी प्रशासक एवं मस्यौदा कार्यदलका संयोजक किरण शाक्यले सबै समुदायको भावनाको प्रतिनिधित्व रहने र विगतका कमी कमजोरी नदोहोरिने गरी नयाँ ऐनको मस्यौदा बनाउने बताए । २०७५ सालमा नेवा समुदायलेले गरेको गुठी आन्दोलनको मर्म र भावनाअनुसार काम गर्ने र बढीभन्दा बढी सरोकारवालासँग कार्यदलले छलफल गर्ने योजना रहेको जानकारी गराए ।उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमभक्त महर्जन र पूर्वमन्त्री केशवमान शाक्यले गुठी संस्थान स्वायत्त निकाय हुनु पर्ने र सबै समस्यालाई एकिकृतरुपमा सम्बोधन गर्नुपर्ने बताए पुरानो विधेयक बनाउँदा छलफल नभएकाले आन्दोलन भएको र अब बनाउँदा धर्म, संस्कृति र परम्परासंग गुठी जोड्नु पर्ने उनीहरुको भनाइ छ।
कार्यक्रममा नेवा संगठनको पुर्व अध्यक्ष एवं गुठी आन्दोलनका अगुवा नरेश ताम्राकार, गुठी विधेयक आन्दोलन समितिका सदस्य श्री कृष्ण महर्जन, निरञ्जन पौडेल, नरेश शाक्य, सुरेश मानन्धर, सुनिल मर्हजन, कानून व्यवसायी नरेश श्रेष्ठ लगायतले गुठी संरक्षणमा सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया