अर्थ-वाणिज्य

‘नक्कली कुरा जनसमक्ष पस्किदा पत्रकारीता पेशामा संकट हुन सक्छ’ : अध्यक्ष बस्नेत




पार्वती पाण्डे
कपिलवस्तु १५ वैशाख ।प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘भ्युअर्स’को लोभमा सीमाभन्दा बाहिर गएर गलत समाचार नलेख्न आग्रह गर्नुभएको छ । प्रेस काउन्सिल नेपालले युट्युव , अनलाइन सहित पत्रकारिता चुनौती र आचार संहिताको सबाल विषयक शनिवार गोरुसिंगेमा गरेको छलफल कार्यक्रममा अध्यक्ष बस्नेतले यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै उहाँले नयाँ सूचीकृत भएका अनलाइनका सञ्चालक र सम्पादकलाई ‘भ्युअर्स’को लोभमा गलत समाचार नलेख्न आग्रह गर्नुभएको हो । अनलाइन तथा युट्युबबाट गरिने पत्रकारितामा ‘भ्युअर्स’को लोभमा समाचारजन्य विषयवस्तु गलत रूपमा प्रकाशन/प्रसारण हुने गरेको भन्दै उहाँले असन्तोष व्यक्त गर्नुभयो ।

छापा, अडियो, भिडियो अनलाइन वा जुनसुकै माध्यमबाट गरिने पत्रकारिता स्वस्थ, मर्यादित र विश्वसनीय हुनैपर्ने उहाँको भनाइ थियो । सम्पादकहरु सँगको संवाद काठमाण्डौ पछि कपिलवस्तु पहिलो जिल्ला भएको उहाँले बताउनु भयो । नक्कली कुरा जनसमक्ष पस्किन थाले पेशामा संकट पैदा हुने भन्दै पत्रकार सचेत हुन अध्यक्ष बस्नेतले प्रष्ट्याउनु भयो ।कार्यक्रममा वुद्धभुमी नगरपालिकाका मेयर केशव श्रेष्ठले पत्रकारितामा क्षमताको समुचित सदुपयोग गरेर जिम्मेवार पत्रकारिता गर्न पत्रकारलाई आग्रह गर्नुभयो । स्थानीय तहले गरेका राम्रा विषयवस्तु उठान गर्न समेत उहाँले पत्रकारलाई बताउनु भयो । वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले पत्रकारिताको विषयवस्तु निर्माण गर्ने प्रक्रियामा सम्बन्धित व्यक्तिलाई सोधेर मात्र भनाई राख्नु पर्ने बताउनु भयो । समाचार खोजमुलक र अनुसन्धानमुलक हुदा देश सकारात्मक रुपमा अगाडि बढ्ने बनाउनु भयो । खोज पत्रकारीता हराईरहेको , अनलाइनहरुमा एकतर्फी समाचार आउने गरेको बताउनु भयो ।

कपिलवस्तु नगरपालिकका मेयर सुदिप पौडेलले सहि र तथ्य समाचारले मुलुक राम्रो बन्ने बताउनु भयो । पत्रकारले पुर्वाग्रतवरले समाचार प्रकाशन या प्रकासन गर्न नहुने बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले पत्रकारिता जस्तो मर्यादित पेशामा सत्य र तथ्य विषयवस्तु उठान गर्नु पर्ने बताउनु भयो । पत्रकारले साना साना समस्यामा परेका विषयवस्तुलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नवरत्न पौडेलले जिल्लामा विषयवस्तु उठानका क्रममा सम्बन्धित पक्ष सँग भनाई लिएर समाचार राख्दा पत्रकारीता मर्यादित हुने बताउनु भयो । मिडियासँगको समन्वयले जिल्लामा शान्ति सुरक्षा मजवुद पार्न सहज हुने बताउनु भयो ।
कार्यक्रममा प्रेशकाउन्सिलका सदस्य ठाकुर प्रसाद बेल्बासेले पत्रकारीताको आचारसंहिताका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले पत्रकारहरु इमान्दार भएर समाचार उठान गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा जिल्लाका विभिन्न मिडियका सम्पादक , सक्रिय पत्रकारहरुको उपस्थिती रहेको महासंघका सचिव जानु पाण्डेले बताउनु भयो । प्रेस काउन्सिल नेपालको आयोजना , नेपाल पत्रकार महासंघ कपिलवस्तुको संयोजनमा कार्यक्रम गरिएको हो ।

प्रकाशित : १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६