खोज–अनुसन्धान

मिलन लिम्वुमाथि कारवाही हुन्छ : निर्वाचन आयोग



इलाम, बैशाख १५ । इलाम क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार मिलन लिम्बुले निर्वाचनको दिन गर्नै नहुने हर्कत गरेपछि कार्वाहीमा पर्ने भएका छन । निर्वाचन आचार संहितामाथि बलात्कार गर्दै मिलन उदण्ड मनुवामा दर्ज भएपछि निर्वाचन आयोग एक्शनमा उत्रनु परेको छ । उहाँलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

आज भएको उपनिर्वाचनमा मतदान गर्ने क्रममा लिम्बुले आफ्नो दलको चुनाव चिन्हको ‘ब्याज’ लगाएर मतदान गर्नुभएको थियो । नयाँ जोगीले धेरै खरानी घस्छ भने जस्तै अराजकता र कानून बिपरितको हर्कत गर्न माहिर मिलनले आज पनि यस्तै अनैतिक हर्कत गरेपछि मतदान गर्दा चुनाव चिन्ह राखेको फोटो बाहिरिएपछि आयोगले स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई स्पष्टीकरण सोध्न भनेको हो । आयोगले स्पष्टिकरणपछि उहाँको उम्मेदवारी नै खारेजीसम्मको निर्णय गर्न सक्ने छ । लिम्बुले गृह मन्त्रालय आफूहरुको भएको भन्दै सुरक्षामा खटिएका प्रहरीलाई धम्क्याएर चुनाव चिन्ह रहेको लोगो छातीमा टाँसेर सुटको पहिरनमा रहेपछि गुण्डानाइके जसरी प्रस्तुत हुनुभएको थियो ।

‘एकजना उम्मेदवार निर्वाचन चिन्ह अङ्कित सामग्री लगाएर मतदान गर्न जानुभएछ । यो अनैतिक काम हो, आचारसंहिता उलंघन हा । यसबारे तत्कालै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएर स्पष्टीकरण सोध्नु भनेका छौँ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भन्नुभयो ।उम्मेदवार लिम्बुले त्यसरी चुनाव चिन्हको लोगो लगाएर मतदान गर्नु कानुनले आचारसंहिता विपरीत मानेको बताउँदै निर्वाचन सम्पन्न भएपछि पनि आयोगले कारबाही गर्न असर नपर्ने जानकारी दिएको छ ।

प्रकाशित : १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६