खोज–अनुसन्धान

आगलागीवाट २ हप्तामा ७ जनाको मृत्यू




सुर्खेत, १६ बैशाख ।गएको चैत २९ गते डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने सामुदायिक वनमा लागेको डढेलोमा परेका तीनजना बालकको ज्यान गयो । डढेलोमा परी घाइते भएका तीनजना बालकको उपचारका क्रममा मृत्यु भएको हो । उपचारका क्रममा १० वर्षीय सुलस बुढा, १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको ज्यान गएको हो । गाउँ नजिकै रहेको वनमा च्याउ टिप्न गएको वेला उनीहरू डढेलोमा परी गम्भीर घाइते भएका थिए ।डोल्पामै गत चैत २७ गते ठूली भेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा तीनजना सैनिकको ज्यान गयो । डढेलो निभाउने क्रममा चार जना सैनिक घाइते भएका थिए । जसमध्ये तीनजना सैनिकको ज्यान गएको हो ।
पछिल्लो दुई महिनायता कर्णालीमा आगलागीका घटना बढ्न थालेका छन् । गाउँघरमा आगलागीदेखि लिएर वनमा डढेलो लागेर क्षति भइरहेको छ ।कर्णालीमा पछिल्लो दुई महिनाको अवधिमा मात्र ७ जनाले आगलागीमा परी ज्यान गुमाएका छन् । प्रदेशमा विगत चार वर्षमा आगलागीबाट ५५ जनाको ज्यान गएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आगलागीको कारण ६७ करोड ९७ लाख ३२ हजार बराबरको क्षति भएको छ । आगलागीबाट प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी मानवीय क्षति कालीकोटमा भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।प्रहरीको तथ्यांक अनुसार कालीकोटमा १३ जना, डोल्पामा आठ जना, सल्यानमा सात, सुर्खेत र जुम्लामा छ–छ जना, दैलेखमा पाँच, मुगुमा चार, जाजरकोट, रुकुम पश्चिम र हुम्लामा दुई–दुई जनाको मृत्यु भएको छ । दुई सय ७८ घर परिवार विस्थापित भएका छन् । तीन सय ५८ वटा पशु चौपायाको क्षति भएको छ ।

कर्णालीमा अझै कतिपय घरमा टुकी, दियालो बाल्ने गरेको र चुरोट, तमाखु, खाँदाफालिएको आगो लगायतले आगलागी हुने गरेको प्रहरीको भनाइ छ । सहरी क्षेत्रमा भने विद्युत् सर्ट भइ आगलागी हुने गरेका छन् । त्यसैगरी गाउँका सामुदायिक वनमा घाँस राम्रो पलाउने भन्दै आगो लगाउने प्रवृत्ति रोकिएको छैन ।प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विपद् शाखाप्रमुख कृष्णबहादुर रोकायाआगलागीका घटना हुननदिनजनचेतनालाई सशक्तबनाएर लानुपर्ने बताउँछन् । ‘अहिले हामीले गर्ने भनेको सचेतनाका कार्यक्रम नै हो’ उनी भन्छन्, ‘ग्रामीण क्षेत्रमा लापरवाही पनि हुने गरेको छ । जसका कारण आगलागीले ठूलो मात्रामा क्षति गर्ने गरेको छ ।’ सचेतनाको अभावका कारण जहाँ पायो, त्यही चुरोटका ठुटाहरु फाल्ने तथा वनमा डढेलो लगाउने जस्ता कार्यहरु भइरहेका छन् ।

प्रकाशित : १६ बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६