अर्थ-वाणिज्य

बुटवलमा रहेको मुख्यमन्त्रीको आवास हटाउने निर्णय




दाङ २४ बैशाख ।लुम्बिनी प्रदेश सरकारले बुटवलमा रहेको मुख्यमन्त्रीको आवास हटाउने भएको छ । प्रदेश सरकार स्थापना भएदेखी राजश्व अनुसन्धानको कार्यालयको भवन मासिक करिब दुई लाख रुपैयाँ बुझाउनेगरी सरकारले भाडामा लिएको थियो ।बुटवलमा रहेको प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरीमा सरेपनि मुख्यमन्त्रीको आवास भने यथावत थियो । आइतबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले मुख्यमन्त्रीको आवासको रुपमा प्रयोग गरिएको भवन सम्वन्धित कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री दिपेन्द्र पुनले जानकारी दिनुभयो ।

यस्तै प्रदेश सरकारले विभिन्न समिति गठन गरेको छ । मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको बैठकले राजनीतिक समिति, प्रशासन तथा विधेयक समिति, आर्थिक तथा योजना मामिला समिति गठन गरेको छ ।यस्तै प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री दिनेश पन्थिलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि विभागीय मन्त्री नियुक्ती नहुदा सम्म सरकारको प्रवक्ताको जिम्मा मन्त्री दिपेन्द्र पुनलाई दिइएको थियो ।

प्रकाशित : २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६