अर्थ-वाणिज्य

लुम्विनीको भोलीको राजधानी देशभर मै उत्कृष्ट :महरा




दाङ २५ वैशाख । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीलाई भोलीको राजधानी शहर कस्तो बनाउने भन्ने विषयवस्तु समेटिएको पुस्तक विमोचन गरिएको ।प्रदेश पुर्वधार विकास प्राधिकरण, राप्ती, गढवा गाउँपालिका र सितगंगा नगरपालिकाको आयोजनामा सोमवार राप्ती गाउापालिका १ भालुवाङमा सो पुस्तकको विमोचन गरिएको हो । पुस्तकको विमोचन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गरेका थिए । पुस्तक विमोचन गर्दै मुख्यमन्त्री महराले भोलीको राजधानीलाई कस्तो बनाउने भन्ने विषयमा प्रदेश सरकार गम्भीर रुपमा अगाडी बढेको र राजधानी व्यवस्थानमा जुटिसकेको बताएका छन् । मुख्यमन्त्री महराले राजधनी व्यवस्थापनको कामलाई प्रदेश सरकार एक्लैले गर्न नसक्ने हुँदा स्थानीय, प्रदेश र संघ सरकार मिलेर गर्नुपर्ने बताएका छन् ।

साथै उनको राजधानी व्यवस्थापन र गौरवको आयोजना सञ्चालनका लागि आफु काठमाण्डौ जान लागेको समेत उनले बताए । यस्तै कार्यक्रममा प्रदेश पुर्वधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छवीराज पोख्रेलले राजधानी व्यवस्थापनको काममा खट्न राजधानीका ३ वटै पालिकाका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा सितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा लगायतका वक्ताहरुले बोलेका थिए । कार्यक्रममा स्वागत तथा विषयवस्तु बारे जानकारी डा। डिल्ली प्रसाद पौडेलले गराएका थिए ।

प्रकाशित : २५ बैशाख २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६