अर्थ-वाणिज्य

स्वास्थ्य निर्देशनालयलाई राजधानी केन्द्रित हुन अख्तियारको निर्देशन




देउखुरी ३८ वैशाख ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन विपरीत लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले राजधानी क्षेत्रबाहिर कार्यक्रम सञ्चालन गरिरहेको छ । राप्ती उपत्यकामै गर्नुपर्ने कार्यक्रमहरु बुटवल लगायत बाहिरी क्षेत्रमा हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले पत्र काटेर स्वास्थ्य निर्देशनालयलाई सम्पूर्ण कार्य स्थायी राजधानी राप्ती उपत्यकामा गर्नु गराउनु भनेको हो ।स्वास्थ्य मन्त्रालयले २०८० पुष १ गतेको सचिवस्तर निर्णयानुसार स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश स्वास्थ्य तालिम केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई पुष २ गते पत्राचार गर्दै सम्पूर्ण कार्यक्रमहरु लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) क्षेत्रमा सञ्चालन गर्ने गराउने भनेको छ ।

लुम्बिनी प्रदेशको स्थायि राजधानी क्षेत्र राप्ती उपत्यकाबाट सम्पूर्ण प्रशासनिक कार्य हुँदै आएको छ । तर कतिपय विभाग, निर्देशनालय अस्थायी मुकामबाट सञ्चालन हुँदै आएका छन् । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य निर्देशनालय राप्ती उपत्यका(देउखुरी), प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवल, प्रदेश स्वास्थ्य तालिम केन्द्र रुपन्देही, प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगर बुटवलमा कार्यलय छन् । स्वास्थ्य निर्देशनालय राप्ती उपत्यका(देउखुरी) भालुवाङबाट प्रशासनिक कार्य सञ्चालन हुँदै आए तापनि धेरै जसो कार्यक्रम राप्ती उपत्यका(देउखुरी) भन्दा बाहिर हुने गरेको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीलगायत फोकल पर्शनहरुको घर बुटवल भएकै कारण धेरै जसो कार्यक्रमहरु बुटवलमा नै हुने गरेको स्वास्थ्य मन्त्रालयको स्रोतले बताएको छ । अख्तियार दुरुपयोग अनुसन्धन आयोगको कार्यालयको पत्र र स्वास्थ्य मन्त्रालयको निर्देशनलाई व्यवस्था गर्दै निर्देशनालयले कार्यक्रमहरु राप्ती उपत्यकाभन्दा बाहिर गर्दै आएको छ । २०७९ भदौमा बुटवलमा रहेको स्वास्थ्य निर्देशनालयलाई राप्ती उपत्यका देउखुरीमा स्थान्तरण गरिए पनि राजधानी क्षेत्रमा सामान्य कार्यालय राख्ने सबै गतिविधि बुटवलबाट हुनथालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन उजुरी परेको थियो ।

प्रकाशित : २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६