खोज–अनुसन्धान

एमसीसी’ को पहिलो ठेक्का : बुटवल सबस्टेशन निर्माण




काठमाण्डौ २८ बैशाख । अमेरिकी सहायता परियोजना (एमसीसी) अन्तर्गत नवलपरासीमा विद्युत् सबस्टेशन निर्माणका लागि सम्झौता भएको छ ।एमसीए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४ सय केभीको नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का भारतीय कम्पनी लिङ्कसन इन्डिया प्रालिलाई प्रदान गर्दै सम्झौतामा हस्ताक्षर गरेको हो । सम्झौता अनुसार ३९ महिनाभित्र सब स्टेशनको निर्माण सम्पन्न हुनेछ ।सम्झौता कार्यक्रमका क्रममा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले प्रसारण लाइन र सबस्टेशनहरूको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइरहेको बताउनुभयो । अब बाँकी दुई वटा सबस्टेशनको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नका लागि खरिद प्रक्रियाको अन्तिम चरणमा रहेको विष्टको भनाइ छ ।एमसीए–नेपालले नेपाल सरकारको लगानी तथा अमेरिकी सरकारको एमसीसीबाट आर्थिक अनुदान प्राप्त विद्युत् प्रसारण आयोजनाअन्तर्गत नवलपरासीसँगै नुवाकोटको रातमाटेमा र तनहुँको दमौलीमा पनि सबस्टेशन निर्माण गर्दैछ ।

प्रकाशित : २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६