खोज–अनुसन्धान

प्रदेश कानुनमा वाझिएका बन सम्बन्धि कानुनमा सुधार गरिन्छ : मन्त्री केसी




कपिलवस्तु ३० बैशाख ।बन तथा वातावरण मन्त्री अर्जुन कुमार केसीले केन्द्र र प्रदेशको कानुन बाझिदा काम गर्न असहज भएको बताउनुभयो । कपिलवस्तु बन पैदावर उद्योग व्यावसायिक संघद्वारा शनिवार आयोजित सम्मान कार्यक्रममा बोल्दै कानुन निर्माणमा माफियातन्त्र रहेको बताउनुभयो । मुलुकमा व्यवसाय गर्नेहरुलाइ अपमान गर्ने गरेको बताउनुभयो । प्रदेशका कानुन सच्याउन आफू तयार रहेको केसीले बताउनुभयो ।
प्रदेश सभा सदस्य नवराज लामिछाने बिदेशी काठ आउने नेपालको काठ बनमै कुहिने अवस्था रहेको बताउनुभयो । राज्यका सरचनामा काठको प्रयोग हुनुपर्ने बताउनुभयो । अख्तियारमा उजुरि परेका कारण कतिपय बनमै काठ सढेको बताउनुभयो । डिभिजन बन प्रमुख विसेन्द्रराज सुवेदी संघ र प्रदेश कानुनका कारण काम गर्न असहज भएको बताउनुभयो । बाझिएको कानुनलाई परिमार्जन गरि काम गर्न सहज गर्नुपर्ने बताउनुभयो ।
बन पैदावर उद्योग व्यवासयी महासघका समाजिक विकास संयोजक पशुपती शर्माले नेपालमा वन माथी विभिन्न समयमा काठ व्यावसायी माथी राज्यले समस्या पारिरहेको बताउनुभयो । सरकार काठ व्यापारीलाइ चोरको को दृष्टिकोणले हेर्ने गरेको बताउनुभयो । कपिलवस्तु बन पैदावर व्यावसायिक संघका अध्यक्ष नरेन्द्र सेनको अध्यक्षता कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित : ३० बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६