अर्थ-वाणिज्य

लागु औषध सचेतना फैलाउदै प्रहरी पुग्यो गाउ समुदायमा




कपिलवस्तु ३० बैशाख । नमुना सामुदायिक बन उपभोक्ता समुहको आयोजना तथा ईलाका प्रहरी कार्यालय पिपराको सहजीकरणमा लागु औसध दुर्ब्यसनी सचेतना तथा अभिमुखिकरण कार्यक्रम वानपा ९ को नमुना सामुदायिक बनको सभा हल चौवाहमा सम्पन्न गरेको छ । सो कार्यक्रममा प्रशिक्षक ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजङ्ग रायमाझीले लागू औषध भनेको के हो ,लागु औसधका प्रकार ,लागु औसधका असर, लागू औषध सेबनका कारण जस्ता विषयमा प्रशिक्षण दिनु भएको थियो ।
साथै ईलाका प्रहरी कार्यालय पिपराबाट यस आर्थिक बर्ष २०८०÷८१ लागु औसध न्यूनीकरणमा भए गरेका गतिविधि र नेपालको ऐन कानुनमा भएको दन्ड सजायको बारेमा पनि बताउनु भएको थियो । वडा अध्यक्ष कमल पौडेलले कुलतका कारण समुदायमा पर्ने बिकृती बिसङ्गती र नकारात्मक असरबाट समयमै सचेत गर्नका सामुदायिक बनले आयोजना गरि नेपाल प्रहरीबाट समुदायमा आइ लागु औसध सम्बन्धि न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा वडाले ईलाका प्रहरी कार्यालय पिपरासंग समन्वय गरि यस कार्यक्रमका लागि निरन्तरता दिने कुरा बताउनु भएको थियो ।
कार्यक्रममा बालसंजाल भलवाडका अध्यक्ष मनिष गिरि, स्वास्थ चौकी भलवाडका प्रमुख जित विकास रायमाझी,पत्रकार बाबुराम रायमाझीले समृद्ध समाजको निर्माणका लागि किशोर किशोरीको लागि यो कार्यक्रम उपलब्धि पुर्ण रहेकोे बताउनु भएको थियो ।कार्यक्रम नमूना सामुदायिक बन चौवाहका अध्यक्ष हुमलाल पौडेलको अध्यक्षता रहेको कार्यक्रममा वडा सदस्य नुमलाल चौधरी , गिता सुनार लगायतको आतिथ्यता रहेकोे थियोे भने ईलाका प्रहरी कार्यालय पिपराका इस्वरी भट्टराई र नमुना सामुदायिक बनका सदस्य केशव पान्डेको सहजिकरणमा भएको कार्यक्रममा अभिभाबक र किशोरकिशोरी गरि १ सय जनाको सहभागिता रहेको थियो ।

प्रकाशित : ३० बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६