कपिलवस्तु ३१ बैशाख ।कपिलवस्तुमा दाउरा सङ्कलन गर्ने क्रममा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाणगंगा नगरपालिका ७ सुकुम्वासी टोलका ४० वर्षीय लौटन थारु रहेका छन् । इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजंग रायमाझीका अनुसार थारुलाई आइतबार बिहान ७ बजे श्रीमती लक्ष्मी थारुसँगै दाउरा सङ्कलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको बताउनुभयो ।
लौटनलाई बाढीले बगाएर मृत्यु भएको उहाँको भनाइ छ । लौटनको शव खोलाले बगाएको ठाउँबाट करिब २ किलोमिटर टाढा फेला परेको रायमाझीले बताउनुभयो । प्रहरीका अनुसार लौटन मजदुरी गर्थे। खोलामा बाढी आउँदा बगेर आउने दाउरा संकलनका लागि भीड नै लाग्ने गर्छ ।
३१ बैशाख २०८१, सोमबार
प्रतिक्रिया