अर्थ-वाणिज्य

लुम्विनी सरकारको राजश्वको मूल भनेको पर्यटन हो यसलाई खडेरीवाट जोगाऔ : मन्त्री बस्नेत




रुपन्देही ३१ बैशाख । ल्ुम्विनी प्रदेशका उद्योग पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले लुम्विनी सरकारको राजश्वको मूल भनेको पर्यटन हो यसलाई खडेरीवाट जोगाउन लाग्नु पर्ने वताउनु भएको छ । रुपन्देहीको देवदहमा सञ्चालित दुइ दिने क्यानभासमा ऐतिहासिक देवदह कार्यशाला शनिबार समापन गर्दै यस्तो वताउनु भएको हो । कार्यशालाको एक समारोहका विच समापन ुभएको हो । समापन समारोहमा बोल्दै मन्त्री बस्नेतले कार्यशालाले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा दिने बताउनु भयो । उहाँले कलाकारहरुले निकै मेहनतका साथ बुद्ध र देवदहको इतिहास उतारेको बताउँदै यसका लागि प्रदेश सरकार सहकार्य गर्न इच्छुक रहेके पनि भनाई राख्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य जानकी न्यौपानेले देवदह बुद्धको मावली स्थल भएकाले यहाँको विकासका लागि कार्यशालाले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले खयरडाँडा जस्ता पुरातात्विक स्थलमा गरिएको कार्यशालाले देवदहको प्रवद्र्धनमा ठूलो टेवा दिने बताउँदै स्थानीय सरकारका तर्फबाट यसको संरक्षणमा ध्यान दिने बताउनु भयो ।लुम्बिनी विकास कोष कोषाध्यक्ष सिद्धिचरण भट्टराईले देवदहको इतिहासबलाई क्यानभासमा उतार्ने कार्यले देवदहको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताउनु भयो । २ दिने कार्यशालाबाट बनेका २४ वटा चित्रहरुलाई व्यवस्थित रुपमा राख्ने ड्रिम देवदह यूनिटि फर चेञ्जका सचिव दिपेश बस्यालले जानकारी दिनुभयो । ड्रिम देवदहको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको कार्यशालाको देवदह नगरपालिका संरक्षक, पर्यटन डिभिजन कार्यालय रूपन्देही सह–आयोजक र लुम्बिनी विकास कोष प्रर्वद्धक हुन ।

प्रकाशित : ३१ बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६