अर्थ-वाणिज्य

प्रहरीले १६ वर्षमै पेन्सन सुविधा पाउने




कपिलवस्तु २ जेठ ।प्रहरीलाई १६ वर्षको जागिर अवधिमै सरकारले पेन्सन दिने नीति अघि बढाएको छ। मंगलबार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो विषय समावेश छ।नीति तथा कार्यक्रमको बुँदा नम्बर १८० मा भनिएको छ, ‘सबै तहका प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइनेछ।’सेवानिवृत्त हुने अवधि पुनरावलोकनको अर्थ १६ वर्षमै पेन्सनको सुविधा रहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए। हाल यस्तो अवधि न्यूनतम २० वर्ष छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा १६ वर्षमै पेन्सन सुविधा दिन माग हुँदै आएको छ। दुवै प्रहरीको ऐन संशोधन गरी यस्तो व्यवस्था गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानको सचिवालयका अनुसार न्यूनतम पेन्सन अवधि घटाउन कानुन संशोधन प्रक्रिया अघि बढिसकेको छ।

प्रकाशित : २ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६