अर्थ-वाणिज्य

घुस खाने गुठीका कर्मचारी र बिचौलियालाई कैद सजाय



कपिलवस्तु , ३ जेठ ।गुठीको जग्गा हिनामिना र सेवाग्राहीबाट घुस लेनदेनमा संलग्न गुठी संस्थान, जनकपुरका कर्मचारी र बिचौलिया भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले गुठी संस्थान, जनकपुरका सहायक प्रशासक मनोजकुमार आचार्य, पूर्वसहायक प्रशासक मनोजकुमार शर्मा, पूर्ववरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल, पूर्वकार्यालय प्रमुख राजबाबु पाण्डे र बिचौलिया सुमनकान्त ठाकुरलाई दोषी ठहर गरेको हो।

मोहियानी हकको जग्गाको मुआब्जा लिनदिन सहयोग गरेवापत राजबाबु पाण्डेले १९ लाख ३० हजार र मनोजकुमार आचार्यले ६ लाख ५० हजार चेकमार्फत लिएको पुष्टि भएको अदालतको ठहर छ।
मोहियानी हकभागको मुआब्जावापत प्राप्त रकममध्येबाट बिचौलिया सुमनकान्त ठाकुरले गायत्रीदेवी जयसवालबाट ५६ लाख १ हजार ६६७ र शत्रुधन जयसवालबाट ७ लाख ३५ हजार गरी जम्मा ६३ लाख ३६ हजार ६६७ लिएका थिए। त्यो रकमको केही भाग उनले कर्मचारीहरूलाई बाँडेका थिए।मनोजकुमार आचार्यलाई १ वर्ष ६ महिना कैद, ६ लाख ५० हजार जरिवाना र त्यति नै बिगो रकम असुल हुने गरी अदालतले सजाय तोकेको छ।

बिचौलिया हरिचन्द्र भुसालले सूर्यनारायण लाल कर्णबाट ४ लाख ३० हजार चेकमार्फत लिई सो रकम राजबाबु पाण्डेलाई दिएर मतियारको कसुर देखिएकाले मुख्य कसुरदारलाई हुने सजायको आधा अर्थात् २ लाख १५ हजार जरिवाना र ३ महिना कैद सजाय सुनाइएको छ।राजबाबु पाण्डेले १९ लाख ३० हजार र सुमनकान्त ठाकुरले ६३ लाख ३६ हजार ६६७ रूपैयाँ भ्रष्टाचार गरेकाले उनीहरूलाई ३ वर्षभन्दा बढी सजाय हुने भएको

प्रकाशित : ३ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६