अर्थ-वाणिज्य

हज यात्राकालागि कपिलवस्तुका ८७ सहित ७ सय ५३ जना प्रस्थान




कपिलवस्तु ३ जेठ । मुस्लिमहरुको तिर्थ स्थल साउदी अरब स्थित मक्का मदिना जानका लागि जिल्लाबाट हजयात्री प्रस्थान गरेका छन् । जिल्लाका १० स्थानीय तहबाट ८६ जना हजयात्री हज यात्राकाक्रममा बिहीवार काठमाणडौ प्रस्थान गरेका हुन । सदरमुकाम तौलिहवा, पकडी, चन्द्रौटा, कृष्णनगरबाट अरब जानका लागि उनीहरु काठमाण्डौ लागेका छन । हज यात्रीलाई बिदाई गर्नका लागि उनीहरुको आफन्त तथा गाँउलेहरुका ठुलो भीड लागेको थियो ।
महिलाहरु पनि संरक्षक मेहरम) संगै हज यात्राका लागि काठमाण्डौ तर्फ लागेका छन् । बक्राईदन मनाउनका लागि उनीहरु ४० दिने यात्राका लागि त्यहा जान लागेका हुन । हज यात्राकालागि प्रस्तान गर्न अफना श्रीमतीसंग तौलिहवा बस पार्क पुगेका महराजगंज नगरपालिका वडा नम्बर ९ सिसवाका साकिर अलीले साउदी अरबमा पहिलो यात्रा रहेको बताए । ‘ बर्षो देखिको चाहना अब पुरा हुने भयो, ’ उनले खुसी हुदै भने, ‘ अल्लाहको कृपाले गर्दा नै यस्ता मौका पाएको छु । उनले अल्लाहका कृपाल यस्तो पबित्र काममा सरिन हुन पाएको बताए । ‘ बर्षौ अघिको सपना बल्ल सकार हुन लागेको छ ’ उनले भने ।
मुस्लिम धर्मगुरु अनुसार प्रत्येक मुस्लिम आफनो जीवनकालमा कम्ती एक पटक हन गर्न जानु पर्छ । मक्का मदीना यात्रा गर्नेले स्वर्ग जाने सरह मुण्यफल प्राप्ति गर्ने भएकाले त्यहा जाने मान्यता रही आएको ईमाम अली असन ईमामीले बताए । मक्कालाई अल्लाहको घर र माहोम्मदको जन्मथालोकोरुपमा रही आएको उनले बताए । ‘ हज गर्नाले जस्तो सुकै ठुलो अपराध र पाप गरे पनि नाश भई भर्खर जन्मेको बच्चा जस्तै पवित्र हुन्छ ’ उनले भने । हजयात्रीले ३० दिन मक्का र १० दिन मदिनामा धार्मिक यात्रा गर्नु पर्छ । मक्कामा सात पटक परिक्रमा( तवाफ ) गर्नु पर्छ जसले एक हज – कावा ) प्राप्त हुन्छ । इदुुल अजाहा – बक्राईदका दिन ) बिशेष नवाज पढदै कुर्वानी दिने चलन छ ।
हज यात्रा गर्नेलार्ई हाजी भन्ने चलन रहेको बताईएको छ । यस बर्ष नेपालबाट कुल ७ सय ५३ जना हज यात्रामा जान लागेक नेपाल हज समितिका सदस्य रासिद मिर्जाले बताए । हज यात्रामा जाने यात्रीको सहजताकालागि कपिलवस्तुको तौलिहवा र कृष्णनगर नगरपालिकाको लक्ष्मीनगरमा प्रशिक्षण समेत दिइएको उनले बताए । चन्द्रमाको उपस्थितीले तय हुने ईदमा जेद्दाबाट ८० किलोमिटरको दुरी तय गरि पैगम्बर मोहम्मदको जन्म स्थान (खान ए कावा) मा परिक्रमा गरि मक्काको मिना मुद्दिलफा आराफातमा ५
दिन बसि नवाज अदा गर्ने छन् । त्यसपछि पैगम्बर मोहम्मदको कब्रस्थान रहेको मदिनामा पुगी १० दिन नबाज पढे पछि हज पुरा हुनेछ । मुस्लिम समुदायले जीवनमा कम्तीमा एक पटक मक्का मदिना जाने चहाना राख्छन । अति गरीब परिवारले समेत रिन सरसापटक समेत लिएर मक्का मदिना जाने गरेको पाईएको छ । हज यात्राका निकै निकै खर्चिलो भएको हजयात्रीले गुनासो गरको छन ।
फोटो बिवरण ः कपिलवस्तुको तौलिहवा बस पार्कबाट हज यात्राकालागि प्रस्थान गर्दै गरेका हजयात्रीहरुलाई बिदाइ गरिदै ।

प्रकाशित : ३ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६