अर्थ-वाणिज्य

चोरवाटोका योजनालाइ वजेट दिदैनौ : मुख्यमन्त्री महरा




देउखुरी ३ जेठ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विगतमा जस्तै झ्याल, गोजी र चोर बाटोबाट आएका योजनालाई प्राथमिकता नदिइने बताएका छन् । लुम्बिनी प्रदेशका स्थानीय तहका स्थानीय सरकारका प्रवक्ताको भूमिका तथा जिम्मेवारी विषयक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले जनताको पक्षमा र समग्र जनताको हित हुने गरी योजना छनोट गरेर प्रदेश सरकारसँग मात्रै बजेट माग गर्न आउन आग्रह गरे । प्रशिक्षणमा लुम्बिनीका ३९ स्थानीय तहका प्रवक्ता उपस्थित भएका छन् ।
बिहीबार बुटवलमा भएको प्रशिक्षणमा सबै जनतालाई सुसूचित गर्न स्थानीय तहमा प्रवक्ता राखिएकाले त्यहीअनुसार काम गर्न उनले प्रवक्तालाई अनुरोध गरे ।

कार्यालयले गरेका गतिविधि सहजरुपमा जनतालाई जानकारी दिने काममा सक्रिय रहँदै स्थानीय सरकारको कामलाई प्रभावकारी र तीन तहको सरकारलाई सहकार्य गर्ने भूमिका प्रवक्ताले खेल्नुपर्ने बताए ।लुम्बिनी प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटको विषयमा धेरैले चासो राखेको भन्दै मुख्यमन्त्री महराले पहिलेका सरकारले लिएको राम्रा योजनालाई यसपालि पनि बजेटमा निरन्तरता दिइने बताए ।प्रदेशका सबै वडा र पालिकामा पुग्ने गरी यो वर्षको बजेट विनियोजन गरिने जनाउँदै चुनावमा कुनै न कुनै पार्टीबाट प्रतिनिधित्व गरे पनि सेवा दिँदा साझा हुनुपर्ने उनको भनाइ थियो । पछिल्लो समय जनतालाई निराश गर्ने काम जनप्रतिनिधिले गर्न नहुने र जति काम गर्न सकिन्छ, त्यति नै बोलेर जनताको विश्वास जितेर काम गर्नुपर्नेमा मुख्यमन्त्री महराले जोड दिए ।

प्रकाशित : ३ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६