अर्थ-वाणिज्य

नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेद शिक्षण अस्पताल निर्माण



तुलसीपुर ३ जेठ । लुम्बिनी प्रदेश सरकारले नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेद शिक्षण अस्पताल निर्माण गर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिका १८ बेलझुण्डीमा नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानले आयुर्वेद स्नातक तह (विएएमएस) सञ्चालन गर्दैआएको छ । केन्द्रीय लुम्बिनी प्रदेश सरकारले दुईसय बेडको एकीकृत अस्पताल निर्माणका लागि प्रक्रिया पूरा गरिएको छ । आयुर्वेद केन्द्रीय विद्यापीठको अनुगमन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुन मगरले बेलझुण्डीमा आयुर्वेद शिक्षण अस्पताल सञ्चालनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको केन्द्रीय आयुर्वेद विद्यापीठको अवलोकन गर्दै मन्त्री पुन मगरले भन्नुभयो, ’बजेटको आकार घटिरहेको संकेत गर्दै मन्त्री पुन मगरले अस्पताल सञ्चालनका लागि तत्काल न्यूनतम बजेटको प्रबन्ध गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा उपकुलपति प्राडा. यादवप्रकाश लामिछानेले विश्वविद्यालयका उपलब्धी विषयमा मन्त्री पुन मगरलाई जानकारी गराउनुभयो ।संघीय सरकारको पहिलो प्राथमिकताको आयोजनाका रुपमा रहेको दुईसय बेडको एकीकृत अस्पताल निर्माण योजनालाई अलपत्र पारिएकोमा दुःख व्यक्त गर्दै उपकुलपति लामिछानेले सो योजनालाई अगाडि बढाउन आग्रह गर्नुभयो ।

प्रकाशित : ३ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६