कृषि

छाडा चौपायाको समस्या स्थानीय र प्रदेशको साझा प्रयासवाट समाधान गर्छाै :मुख्यमन्त्री महरा




बुटवल ४ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले छाडा चौपायाको समस्या स्थानीय र प्रदेशको साझा प्रयासवाट समाधान गर्ने वताउनु भएको छ । उहाले छाडा चौपाया व्यवस्थापनमा सहयोग गर्ने बताउनुभएको छ । मुख्यमन्त्री महराले छाडा चौपायाका कारण सडक दुर्घटनासँगै किसानले लगाएको बाली नष्ट हुने गरेकाले यसको ब्यवस्थापनमा प्रदेश सरकार गम्भीर भएर लाग्ने बताउनुभयो । बुटवलको शिवनगरमा रहेको नन्दनी गौशालाको अवलोकन गर्दै मुख्यमन्त्री महराले छाडा चौपाया व्यवस्थापनमा प्रदेश सरकारले विशेष चासो दिने समेत बताउँदै लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र बाँकेमा छाडा चौपायाको समस्या बढी रहेको भन्दै व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले बुटवलले आफ्नै बलबुतामा छाडा चौपाया व्यवस्थापन थालेकोमा प्रशंसा गर्नुभयो । उहाँले छाडा चौपाया व्यवस्थापनमा बुटवलको अभियानको सिको सबै स्थानीय सरकारले गर्नुपर्ने बताउँदै छाडा चौपायाबाट हुने जोखिम कम गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयो ।मुख्यमन्त्री महरालाई गौशालाबारे जानकारी गराउँदै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले छाडा चौपाया व्यवस्थापनका चुनौती र स्थानीय सरकारलाई प्रदेश सरकारको साथ आवश्यक रहेको बताउनुभयो । प्रमुख पाण्डेयले छाडा चौपाया व्यवस्थापनका लागि प्रदेश सरकारले प्रदेशस्तरीय गौशाला स्थापना गरेर स्थानीय सरकारहरुलाई सहभागी गराउँदा दिगो व्यवस्थापन हुने बताउनुभयो । बुटवल उपमहानगरपालिकाले बुटवल ७ शिवनगरमा रहेको नन्दनी गौशालामा नगरभित्रका ५ सयभन्दा बढी छाडा गाईगोरु व्यवस्थापन गरिरहेको छ ।

प्रकाशित : ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६