अर्थ-वाणिज्य

प्राचीन तिलौराकोटस्थित मौर्यकालीन पोखरीको उत्खनन




कपिलवस्तु ५ जेठ । राजा शुद्धोदनको राज दरबार एवम् गौतम बुद्धले जीवनको २९ वर्ष बिताएको ठाउँ कपिलवस्तुको प्राचीन तिलौराकोटस्थित मध्यभागमा रहेको मौर्यकालीन पोखरीको उत्खनन पुनः सुरु गरिएको छ । युनेस्को जापनिज फण्ड्स इन ट्रष्टको आर्थिक सहयोगमा सन् २०१४ मा नेपाल सरकार पुरातत्त्व विभाग, बेलायतको दुरह्याम विश्वविद्यालय, लुम्बिनी विकास कोषलगायतको टोलीले पोखरीको भूभौतिक सर्वेक्षण गरी पहिचान गरेको हो ।सर्वेक्षणबाट जमिन भित्र अलिकति धस्सिएको ३० बाई ३० मिटर क्षेत्रफलको एउटा संरचना फेला परेको थियो । भूभौतिक सर्वेक्षणले यसको वरिपरि चौडा बहिरी पर्खाल भएको र मध्यभागमा खाली रहेको तथा उक्त संरचना प्राचीन नगरका अन्य सडक तथा भवनहरू जस्तै भएको सङ्केत गरेको थियो । उत्खननबाट नगरभित्र इट्टाको गारो लगाइएको ठुलो पोखरी भेटिएको हो ।

पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत भास्कर ज्ञवालीका अनुसार सन् २०१५ मा त्यस क्षेत्रको उत्खनन गर्दा जोगिएको २६ तहको इट्टा भेटिएको र त्यो इट्टाका तहहरू क्रम मिलाएर राखिएको बताउनुभयो । सो क्षेत्रमा निर्माण गरिएको पोखरीका इट्टाहरू कुनै ४५ सेन्टिमिटर लम्बाइ भएको भेटिएको उहाँको भनाइ छ ।उहाँले गत वर्ष विभागले पोखरी दक्षिण पर्खालको पहिचान गर्नका लागि उत्खनन गरिएको उहाँले बताउनुभयो । उहाँले यस वर्ष पश्चिमतिरको पर्खाल उत्खनन गर्ने उद्देश्य रहेको बताउनुभयो । विगतको वर्षहरूमा पोखरीको उत्खनन गर्दा २६ तहको इट्टा भेटिएको थियो ।गत वर्ष दक्षिणतर्फ गरिएको उत्खननबाट मौर्यकालमा बनेको पोखरी कुषाणकालमा जीर्णोद्धार भएको पाइएको अधिकृत ज्ञवालीको भनाइ छ । युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्त्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो

प्रकाशित : ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६