अर्थ-वाणिज्य

आरजु जोडिएको टिकापुर जग्गा काण्डको फाइल खोल्ने रविको उद्घोष




काठमाडौं ६ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले टीकापुर मिलाउने तर मिडिया नमिलाउने बताएका छन् । प्रतिनिधिसभाको वैठकमा सम्वोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो सम्वोधन गरेका हुन् । टीकापुर जग्गा किनबेचमा कांग्रेस नेतृ आरजु राणाको नाम जोडिएको छ ।‘साथीहरूले मिडिया मिलाउनु भन्नु हुन्छ । म स्कुल मिलाउँछु गाउँमा । टीकापुर मिलाउँछु तर मिडिया मिलाउन सक्दिनँ,’ उनले भने । तल्लो तहका कर्मचारीको १६ वर्षमा अवकाश लिने व्यवस्था मिलाउने उनले बताए । उनले आफू टेलिभिजनमा हुँदा सबैको तारो बनेको र अहिले पनि बनिरहेको बताए ।
‘ममाथि छानबिन गर्ने भए अरु काण्डमा पनि छानबिन समिति बनाउन तयार हो ?उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अरु काण्डमा छानबिन हुने भए आफू पनि सहकारी प्रकरणमा छानबिनका लागि परीक्षा दिन तयार रहेको बताएका छन् । उनले टीकापुर काण्ड, ललितानिवास, बालमन्दिर, घडी चोरी, टेरामक्स, वाइडबडीलगायतका काण्डमा पनि छानबिन गर्न तयार हो भने आफू पनि छानबिनका लागि तयार हुने बताएका छन् ।प्रतिनिधिसभाको बैठकमा आफूमाथि लागेको सहरकारीको रकम अपचलनको जवाफ दिइरहेका छन् । उनले आफ्नो बारेमा प्रस्ट पार्न सदनमा उपस्थित भए पनि नेपाली कांग्रेसका नेताहरू लक्षित बोलेका छन् ।
उनले २०५५ सालामा स्ववियु सभापति हुँदा पार्क निर्माण गर्दा रकम लिएर नबनाएको, त्रिविको परीक्षा नियन्त्रण कार्यालयको ५ लाख लिएर वेबसाइट नबनाएको, नुवाकोटमा बाख्रा फारम र काठमाडौंमा मासु पसल खोल्ने भनिए पनि त्यो समाचार फ्याक्ट चेक गरेर राखिए पनि वेबसाइटबाट हटाइएको बताए । बीपी स्वास्थ्य पतिष्ठानमा १४ करोड लिएर राजकुमार रौनियारलाई उपकुलपति बनाएको बताए । सांसदहरू नै रातो पासपोर्ट दुरुपयोग गरेको बताए ।

प्रकाशित : ६ जेष्ठ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६