अर्थ-वाणिज्य

अस्थिरता रोक्न बलियो राजनितिक शक्तिको आवश्यकता खटकियो : महासचिव पोख्रेल



दाङ ७ जेठ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देशमा राजनिती अस्थिरता रोक्न बलियो राजनितिक शक्तिको आवश्यक रहेको बताएका छन् ।नेकपा एमाले दाङको आइतवार देखि शुरू भएको १४ औँ अधिवेशनको उद्घाटन गर्दै महासचिव पोख्रेलले यस्तो बताएका हुन् । उनले देशमा अब एमालेको नेतृत्व बिना देशले निकास नपाउने बताउँदै महासचिव पोख्रेलले देशमा एमाले मात्र एक बलियो राजनितिक शक्ति भएकोले एमालेको नेतृत्वमा मात्र जनताका चाहना र निराशालाई अन्त्य गर्न सक्ने सार्मथ्य भएको ठोकुवा गरे । महासचिव पोख्रेलले जिल्लामा को नेता बन्ने बिषयमा अलमल गर्न हुने भन्दै राष्ट्रिय राजनितीमा दाङको भूमिकालाई कस्तो बनाउने भन्ने बिषयमा दाङका नेता, कार्यकर्ताहरू केन्द्रित हुन निर्देशन दिए । साथै उनले दाङबाटै एमालेलाई राष्ट्रिय राजनितिमा बलियो शक्तिको रूपमा स्थापित गर्न हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहलाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य शान्ता चौधरी, पार्टी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज चेतनारायण आचार्य र पार्टीका लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य लगायतका बक्ताले सम्बोधन गरेका थिए । अधिवेशनमा एमाले जिल्लाका १४ हजार २ सय ५९ पार्टी सदस्यबाट छनोट भएर आएका प्रतिनिधिलाई अधिवेशनमा सहभागी भएका छन् । जसमा १ सय ८३ जना महिला सदस्य, १ सय ४३ जना दलित सदस्य, ३ सय ७३ जना पुरुष सदस्य, अधिवेशनको अनुसुची १ अनुसार ५० जना र अनुसूची २ अनुसार ३९ जना गरी ७ सय ८८ जना अधिवेशन प्रतिनिधि सहभागी भएको पार्टीले जनाएको छ । यसैबीच एमाले महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङको १४ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको तयारी गरिएको छ ।

सर्वसम्मत नेतृत्व चयनका लागि जिल्लामा रहेका पोलिटब्युरो देखि केन्द्रीय सदस्यले कसरत गरिरहेका छन् । नेतृत्व चयनको जिम्मा पोलिटब्युरो सदस्य नरूलाल चौधरी र केन्द्रीय सदस्य घनश्याम पाण्डेलाई दिइएको छ । स्रोतका अनुसार उनीहरूले पदाधिकारीको खाका बनाएर महासचिव पोखरेललाई बुझाएका छन् । जसअनुसार अध्यक्षमा पूर्वप्रदेश कमिटी सदस्य शिवकुमार आचार्य, उपाध्यक्षमा धुपनारायण चौधरी, सचिवमा मनोहर बुढाथोकी, उपसचिवमा मानबहादुर रावत र महिला उपसचिवमा हुमा डिसीको नाम छ । यसमा सबै केन्द्रीय सदस्यले सहमति जनाएका छन् । तर, सचिवमा प्रस्तावित बुढाथोकीले अध्यक्ष नछाड्ने अडानमा छन् । यदि बुढाथोकीले अध्यक्ष नछाडेमा उनीसँग वर्तमान अध्यक्ष हुकुम बस्नेतलाई चुनाव लडाउने तयारी गरिएको बुझिएको छ ।

प्रकाशित : ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६