अर्थ-वाणिज्य

आर्थिक वृद्धिदर उच्चहुने प्रदेशमा लुम्बिनी दोश्रो



बुटवल ९ जेठ। आर्थिक वृद्धिदर उच्चहुने प्रदेशमा लुम्बिनी दोश्रो स्थानमा परेको छ ।पहिलो भने गण्डकी भएको छ। गण्डकी, लुम्बिनी र बागमती प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय आर्थिक वृद्धिदरको तुलनामा धेरै हुने भएको छ ।राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष ९आव० २०८०/८१ मा प्रदेशगत रूपमा गण्डकी प्रदेशको अर्थतन्त्र सबैभन्दा धेरै ४।५५ प्रतिशतले विस्तार हुने भएको छ । यो राष्ट्रिय अनुमानको तुलनामा माथि हो । राष्ट्रिय स्तरमा यो वर्ष ३।८७ प्रतिशतले अर्थतन्त्र विस्तार हुने अनुमान कार्यालयले गरेको थियो ।
प्रदेशगत रूपमा गण्डकीसँगै लुम्बिनी र बागमतीको विस्तार समेत राष्ट्रिय वृद्धिदरको तुलनामा माथि हुने भएको छ ।लुम्बिनीको आर्थिक वृद्धिदर ४।०५ प्रतिशत र बागमतीको ३।९६ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान कार्यालयले गरेको छ । गत आर्थिक वर्षमा समेत गण्डकीको आर्थिक वृद्धिदर अन्य प्रदेशको तुलनामा माथि थियो ।
७ वटा प्रदेशमध्ये राष्ट्रिय अनुमानको तुलनामा अन्य चार प्रदेशको भने कम आर्थिक वृद्धिदर हुने भएको छ ।तथ्यांक अनुसार कोशीको ३।५१ प्रतिशत, मधेशको ३।७८ प्रतिशत, सुदूरपश्चिमको ३।४१ प्रतिशत र कर्णाली प्रदेशको ३।३९ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने कार्यालयले जनाएको छ ।

प्रकाशित : ९ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६