अर्थ-वाणिज्य

नाबालिकालाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ



बुटवल १० जेठ ।आर्थिक लाभ लिएर नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नुवाकोटको ककनी गाउँपालिका–५ की २९ वर्षीया रश्मी लामालाई पक्राउ गरेको हो ।ब्युरोका अनुसार परिवर्तित नाम ’२६ बबरमहल–३०१’ जाहेरीमा उनलाई पक्राउ गरिएको हो । सुरुमा रश्मीले बबरमहल–३०१ लाई राम्रो आम्दानी हुने काममा लगाइ दिने प्रलोभन देखाएको ब्युरोले जानकारी दिएको छ । त्यसपछि उनले ‘दिदीको खाजा घर’ मा काममा लगाइ दिएकी थिइन् । खाजा घर सञ्चालकले खाजा खान आउने र सम्पर्कमा आएका व्यक्तिहरूसँग डिल गरी विभिन्न होटल तथा गेस्ट हाउसमा वेश्यावृत्तिको लागि पठाउने गरेको खुलेको छ ।
पीडितको इच्छाविपरीत ग्राहकहरूसँग शारीरिक सम्बन्ध राख्न बाध्य बनाइराखेको अवस्थामा ब्युरोबाट खटिएको प्रहरी टोलीले बबरमहल–३०१ लाई उछार गरेको थियो । त्यस क्रममा ब्युरोले रश्मीलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा पीडित नाबालिकाको कमजोर आर्थिक अवस्थाको फाइदा लिएर जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको पाइएको छ ।

विभिन्न गेस्ट हाउसमा पठाएर उनले आर्थिक लाभ लिने गरेको पाइएको ब्युरोले जनाएको छ । घटनासमा संलग्न अन्य प्रतिवादीको खोजतलास भइरहेको प्रहरीले जनाइएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आज काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १० जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६