खोज–अनुसन्धान

एमाले पाल्पाको अधिवेशनको महासचिवले समुद्घाटन गर्ने




तानसेन ११ जेठ । नेकपा एमाले पाल्पाले दशौँ जिल्ला अधिवेशनको तयारी पूरा भएको जनाएको छ । शुक्रबारदेखि हुने जिल्ला अधिवेशनको सबै तयारी पूरा भएको एमालेले जनाएको छ । अधिवेशन व्यवस्थित र मर्यादित हुने जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनुभयो ।
जिल्ला अधिवेशनमा ४७७ जना प्रतिनिधि सहभागी हुनेछन् । जसमा भुगोल, जाति क्षेत्रको सहभागिता हुनेछ । वडा, पालिका, जनवर्गीय सङ्गनबाट छानिएका र मनोनित गरेका गरी ४७७ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन् । अधिवेशनमा राजनैतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्नुहुने तय भएको छ । अध्यक्ष केपी शर्मा ओलीलाई निम्तो गरिएपनि कार्यव्यस्तताले अध्यक्ष ओली सहभागी नहुने भएपछि महासचिव पोखरेलले अधिवेशनको उद्घाटन गर्नुहुनेछ । अधिवेशन तानसेन नगरपालिकाको सभाहलमा हुने पार्टीका सचिव भोजराज पोखरेल ९रामजी०ले बताउनुभयो ।
दशौँ अधिवेशनको अवसरमा एमाले पाल्पाको पहिलो अधिवेशनबाट तत्कालित सचिवमा निर्वाचित नेता झपेन्द्रबहादुर जिसी र दोस्रो अधिवेशनबाट निर्वाचित तत्कालिन पार्टी सचिव दलबहादुर रानालाई सम्मान गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

प्रकाशित : ११ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६