खोज–अनुसन्धान

४ महिनामा ३ दुर्लभ पाटेबाघको मृत्यु : सहबासमा जान्छ ज्यान



कावासोती ११ जेठ । नवलपुरमा गत चार महिनाको अवधिमा तीनवटा दुर्लभ पाटेबाघ मरेका छन् । बुधबार जिल्लाको विनयीत्रिवेणी गाउँपालिका– २ विनयी खोलाको बगरमा एउटा पाटेबाघ मरेसँगै मृतक बाघको संख्या तीन पुगेको हो ।

विनयी खोलामा पानी पिउँदै गरेको अवस्थामा बाघ देखिएको र पानी पिएको स्थानभन्दा १०–१२ मिटर हिँडेपछि ढलेको स्थानीयले बताएका छन् । स्थानीयले खिचेको उक्त भिडियो अहिले सामाजिक सञ्चालमा भाइरल भएको छ ।स्थानीयले खबर गरेपछि डिभिजन वन र प्रहरीको टोली घटनास्थलमा पुग्दा बाघ मृत फेला परेको डिभिजन वन कार्यालय कावासोतीका प्रमुख वसन्त केशव अधिकारीले जानकारी दिए ।

यो पटक भने बाघसँगै जुधेर घाइते भएको बाघ मरेको हो । बाघको पोष्टमार्टम गर्दा अर्को बाघसँग जुधेर घाइते भएको र घाउ निको नभएका कारण मृत्यु भएको खुलेको हो । चितवन राष्ट्रिय निकुन्जका बरिष्ठ चिकित्सक बिजय कुमार श्रेष्ठको टोलीले बिहीवार पोष्टमार्टम गरेको हो ।
पोष्टमार्टम रिपोर्टमा दुईवटा बाघ लडेको र ढाडमा चोट लागेकोमा सो घाउ निको नभएका कारण उसको मृत्यु भएको चिकित्सकलाई उदृत गर्दै डिभिजन वन अधिकृत लम्सालले बताए । पोथीसँग सहवासको बेला बाघ लड्ने गरेको बताइन्छ ।
‘हरेक बाघको जंगलभित्र एउटा सीमा घेरा हुन्छ । त्यो भित्र अर्को बाघ प्रवेश गरे वा पोथी बाघसँगको सहवासको समयमा बाघहरु जुध्ने गर्छन् । त्यसैबेला घाइते भएको बाघको ढाडमा घाउ देखिएको र निको नभएर मरेको देखिन्छ,’ चिकित्सकलाई उधृत गर्दै वन अधिकृत लम्सालले भने ।

यसअघि फागुन ६ गते मध्यविन्दु नगरपालिका वडा नं। १० अरुणखोलाको जंगलमा र त्यसको १० दिनपछि मध्यविन्दु १५ को नवदुर्गा सामुदायिक वनमा वयस्क पाटेबाघ मारेर गाडेको अवस्थामा फेला परेको थियो । ती दुबै बाघ ढिला गरी गलेको अवस्थामा भेटिएकाले बाघ कसरी मरेका÷मारिएका थिए भन्ने रिपोर्ट भने आएन ।हरेक महिनाजसो एउटा बाघ मर्न थालेपछि लोपुन्मुख पाटेबाघको संरक्षणमा चिन्ता थपिएको छ ।

प्रकाशित : ११ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६