अर्थ-वाणिज्य

कैलाश सिरोहियालाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न अनुमती




धनुषा ११ जेठ । नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका कैलाश सिरोहियालाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमती दिएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा जिल्ला अदालतले आज दोस्रो पटक ३ दिनको म्याद थपेको हो ।जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको ईजलासले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई थप ३ दिनको म्याद दिने आदेश भएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए । इजलासमा सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहितका सात जना वकिलले बहस गर्दै मुद्दामा सहयोग गर्नेगरी साधारण तारिखमा छाड्न अपिल गरेका थिए । अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पहिलो पटक तीन दिनको म्याद दिएको थियो ।

प्रकाशित : ११ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६