अर्थ-वाणिज्य

तिलौराकोटमा शिसु बुद्धको भब्य स्वागत



कपिलवस्तु ११ जेठ ।प्राचिन कपिलवस्तुको तिलौराकोटमा २५६८ बुद्ध जयन्ती र प्रसुति उत्सव मनाईएको छ । सो क्रममा प्राचिन घटनाको झझल्को दिने गरी शुक्रवार शिशु बुद्ध सहीत ल्म्बिनीबाट प्राचिन कपिलवस्तुको तिलौराकोट रथ यात्रा निकालिएको हो । लुम्बिनी विकास कोषका सदस्य राम नरेश कोहार, परिषद सदस्य गोपी कृष्ण शर्मा लगायतको टोली शनिवार बिहानै बेवी बुद्ध लिन लुम्बिनीको मायादेबी मन्दिरमा पुगेको थियो । शिशु बुद्धलाई बुद्धको क्रिडा स्थल तिलौराकोट ल्याईएको हो । सो यात्रा टोलीले शिशु बुद्धलाई बुद्धजन्तीको अर्को दिन अर्थात शुक्रवार तिलौराकोट पुर्याएको हो ।

लुम्बिनी विकास कोषले बुद्ध जन्मिए पछि अर्को दिन उनलाई राजधानी कपिलवस्तु ल्याउदाको झल्को दिने गरी बेबी बुद्धलाई राखेर २६ किमीको भब्य यात्रा निकालेको हो । २०७० साल देखि बुद्धजयनतीको अवसरमा सो यात्रा निकाल्ने थालिएको हो । बुद्धको जन्मथालो लुम्बिीमा बिहीवार बुद्ध जयन्ती र लुम्बिनी दिवस मनाईएको थियो । रथमा धातुको बेबी बुद्धको मुर्ति राखेर यात्रा गरिएको थियो । राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले तिलौराकोटमा ल्याइएको शिशु बुद्धलाई स्वागत गर्दै यो कार्यक्रमलाई प्रभावकारी रुमपा अघि बढाउनु पर्ने बताईन ।

उनले सबै पालिकासंग समन्वय गरी यस्ता कार्यक्रमलाई भब्यरुपमा मनाउनु पर्ने बताईन । तिलौराकोटको विकासका लागि आफुले बिगतमा सदनमा धेरै पटक आवाज उठाए पनि अझै सम्म पनि तिलौराकोटमा साचे अनुसार विकास नभएको बताईन । कोषका उपाध्यक्ष ल्यारक्याल लामाले कोषले आउने बर्ष भब्यरुपमा यो कार्यक्रम मनाउने बताए । उनले तिलौराकोटलाई कोषले प्राथमिकतामा राखेर काम अघि बढाएको र केही बर्ष मै अब तिलौराकोट बिश्व संपदा सुचीमा सुचीकृत हुने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसीले ९० बर्ष हुदा पनि तिलौराकोटको विकास हुन नसक्नु दुःखद कुरा भएको बताए । लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले लुम्बिनीमा बुद्धजयनती तामझामकासाथ मनाईरहदा तिलौराकोटमा सामान्य कार्यक्रम गरिएको बताए । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले राज्यले तिलौराकोटलाई प्राथमिकतामा नराख्दा यसको बिकासले गति लिन नसकेको बताए । कोषका सदस्य रामनरेश कोहारको अध्यक्षतामा र गोपीकृष्ण शर्माको स्वागत मन्तब्यमामा भएको कार्यक्रम भएको थियो । कार्यक्रममा माछापुच्र्छे लुम्बिनी र तौलिहवा शाखाले कोषलाई ४ थान घास काट्ने मेशीन प्रदान गरेको थियो ।

प्रकाशित : ११ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६