अर्थ-वाणिज्य

पौडी खेल्ने क्रममा डुबेर २ जना युवाको मृत्यु




नुवाकोट १२ जेठ । जिल्लाको बेलकोटगढी नगरपालिका १० तादी खोलाको घुमाउने दहमा पौडी खेल्ने क्रममा डुबेर २ जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा ककनी गाउँपालिका ४ का १८ वर्षीय हिमाल तामाङ र बेलकोटगढी १३ का १९ वर्षीय रोजन लामा रहेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) तिलक भारतीका अनुसार शनिबार दिउँसो १ बजेतिर ५र६ जना युवाहरु तादी खोलामा पौडी खेल्न गएमा दुई जनाको डुबेर मृत्यु भएको हो ।दुई युवा पौडी खेल्ने क्रममा डुबेको खबर प्राप्त हुनसाथ खटिएको टोली प्रहरी टोलीले बेहोस् अवस्थामा उद्धार गरी त्रिशूली अस्पताल पुर्‍याइएकोमा चिकित्सकले उनीहरुलाई मृत्यु भएको घोषणा गरेको डीएसपी भारतीले बताए ।दुवै शव त्रिशूली अस्पतालमै राखिएको छ ।

प्रकाशित : १२ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६