अन्तर्राष्ट्रिय

किमाथाङ्कासहित चीनसँग जोडिएका ७ नाका पुनः सञ्चालनमा




कपिलवस्तु १२ जेठ । संखुवासभास्थित किमाथाङ्कासहित चीनसँग जोडिएका ७ वटा परसम्परागत नाका पुनः सञ्चालनमा आएको छ। नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि नाकाहरू पुनः सञ्चालनमा आएको हो।नेपाल र चीनबीच रहेका १४ मध्ये ७ वटा नाका आजबाट सञ्चालनमा आएको र बाँकी ७ वटा नाका मौसमले अनुमति पाएपछि छिट्टै खुल्ने नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत चेन सोङले जानकारी गराएका छन्। चीन सरकारले कोभिड महामारीका कारण देखाउँदै किमाथाङका नाका बन्द गरेको थियो।
नाका पुनः सञ्चालन घोषणा कार्यक्रममा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल शनिबार किमाथाङ्का नाका पुगेको थियो।साथै, राजदूत सोङले सीमापार व्यापारलाई यो कदमले बढवा दिने सामाजिक सञ्जालमार्फत खुसी बाँड्दै लेखेका छन्। ‘यसले सीमापार व्यापारलाई निकै बढावा दिनेछ र स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार ल्याउनेछ,’ उनले भनेका छन्।
कोरोना महामारी देखिएपछि चीन सरकारले २०७६ माघ ५ गतेदेखि किमाथाङ्का नाका पूर्णरुपमा बन्द गरेको थियो। नाका बन्द भएसँगै सीमावर्ती क्षेत्रसँग जोडिएको भोटखोलाका स्थानीयको जनजीवन कष्टकर हुँदै आएका थिए।भोटखोला गाउँपालिकाका अधिकांश जनता खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए। कोरोना महामारीका बेला नाका बन्द भएसँगै सीमावर्ती वासिन्दाले चरन सुविधा पनि गुमाएका थिए।किमाथाङ्का नाकासँग नेपालको भोटखोला गाउँपालिका जोडिएको छ। भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन्। भोटखोला क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको अनुमान छ।भोटखेला क्षेत्रमा आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ। स्थानीय उत्पादनले मुस्किलले दुईरतीन महिनाको मात्र माग धान्ने स्थानीयको भनाइ छ।

प्रकाशित : १२ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६